एसीसी महिला इमर्जिङ कप : पाकिस्तानविरुद्ध नेपालले बलिङ गर्दै « Khabarhub

एसीसी महिला इमर्जिङ कप : पाकिस्तानविरुद्ध नेपालले बलिङ गर्दै


३० जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एसीसी महिला टी–२० इमर्जिङ टिम्स कपमा नेपाल र पाकिस्तान खेलिरहेका छन् । हङकङको मङकङ क्रिकेट मैदानमा जारी खेलमा टस जितेर नेपालले बलिङ रोजेको छ ।

प्रतियोगितामा पहिलो खेल खेलिरहेका दुवै टोली जितका साथ प्रतियोगिताको सुरुआत गर्ने लक्ष्यका साथ मैदानमा उत्रिएका छन् । 

एसीसी महिला टी–२० इमर्जिङ टिम्स एसिया कपमा नेपाली महिला टोलीको यो पहिलो सहभागिता हो । 

थाईल्यान्डले भिसा समस्याका कारण अन्तिम समयमा नाम फिर्ता लिएपछि नेपालले प्रतियोगितामा सहभागिताको अवसर पाएको हो ।

नेपाल रहेको समूह ए मा हङकङ, भारत र पाकिस्तानका रहेका छन् । समूह बी मा मलेसिया, युएई, बङ्गलादेश र श्रीलंका ए रहेका छन् ।

नेपालले दोस्रो खेल १५ जुनमा भारतसँग खेल्नेछ भने १७ जुनमा घरेलु टोली हङकङसँग खेल्नेछ ।

प्रकाशित मिति : ३० जेठ २०८०, मंगलबार  ७ : ०५ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५