सभापति देउवाले पार्टीको नेतृत्व हस्तान्तरण गर्नुपर्छ : कांग्रेस महामन्त्री थापा « Khabarhub

सभापति देउवाले पार्टीको नेतृत्व हस्तान्तरण गर्नुपर्छ : कांग्रेस महामन्त्री थापा


३० जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

विराटनगर- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापति शेरबहादुर देउवाले नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै महामन्त्री थापाले पुस्तान्तरणका लागि पार्टीको नेतृत्व हस्तान्तरण हुनुपर्ने बताएका हुन् ।

उनले पार्टीभित्र अहिले आफूहरुको प्रमुख माग नै नेतृत्वको हस्तान्तरण र पुस्तारन्तरण भएको बताए । त्यसैले अब पार्टी सभापतिले प्रधानमन्त्री वा अरु पदमा दाबी गर्न नहुने उनको तर्क थियो ।

महामन्त्री थापाले वरिष्ठ नेता शेखर कोइराला र आफूहरुको सम्बन्धमा कुनै फेरबदल नभएको पनि स्पष्ट पारे ।

पछिल्लो समय सभापति देउवा र वरिष्ठ नेता कोइरालाबीचको निकटता बढेको बताइन्छ । जनताले कांग्रेसबाट नयाँ प्रधानमन्त्री चाहेकाले सरकार बन्नुभन्दा अघि नै सभापति देउवाले मार्ग प्रशस्त गर्नुपर्ने बताए ।

प्रकाशित मिति : ३० जेठ २०८०, मंगलबार  १ : ४२ बजे

प्रधानमन्त्री कप क्रिकेट : एपीएफ विजयी

काठमाडौं– प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपीएफ क्लबले

शक्तिशाली सरकारको क्याबिनेट : रवि-बालेन भागबन्डा, एकअर्कालाई ‘क्रस चेक’ गर्दै दुवै समूह

काठमाडौं- फागुन २१ को निर्वाचनमा अभूतपूर्व सफलता हात पारेको राष्ट्रिय

बाबुको व्यभिचार खेपेकी चेलीको चित्कार– मरेर बाँचिरहेकी छु, अपराधी खुलेआम हिँडिरहेका छन्

काठमाडौं- ‘इनसाइड दि बंकर’ कार्यक्रममार्फत पीडितहरुले एकै आवाजमा बलात्कारीलाई फाँसीको

निखिल र वर्षाको ‘कस्तुरी’को छायाङ्कन अन्तिम चरणमा

काठमाडौं – नायक निखिल उप्रेती र नायिका वर्षा सिवाकोटी शीर्ष

जेन-जी आन्दोलनमा फरार एकजना लागूऔषधसहित पक्राउ

काठमाडौं– सुन्धारास्थित जगन्नाथदेवल कारागारबाट फरार एकजना लागूऔषधसहित पक्राउ परेका छन्