मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै « Khabarhub

मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै


३० जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिनका लागि आज अपराह्न ५ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको छ ।

सरकारमा सहभागी नेकपा (एमाले)ले सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि यादवले विश्वासको मत लिन लागेका हुन् । एमाले जेठ १ गते सरकारबाट बाहिरिएको थियो ।

संवैधानिक व्यवस्था अनुसार सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र मुख्यमन्त्रीले प्रदेश सभामा विश्वासको मत लिनुपर्छ ।

कुल १०७ सदस्य रहेको प्रदेश सभामा बहुमतका लागि ५४ जना सांसदको आवश्यकता पर्दछ । मुख्यमन्त्री यादव नेतृत्वको सरकारलाई एमाले बाहेकका दलहरूको समर्थन छ ।

प्रकाशित मिति : ३० जेठ २०८०, मंगलबार  १ : १९ बजे

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र

विश्वप्रकाश आगामी चुनावमा नउठ्ने, भने : बाँचुञ्जेल क्षेत्र कब्जा गर्ने पक्षमा म छैन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुन २१ मा

थाइल्यान्डले सीमा क्षेत्रमा मूर्ति हटायो

एजेन्सी– थाइल्यान्ड सरकारले आफ्नो सेनाले कम्बोडियासँगको विवादित सीमा क्षेत्रमा रहेको

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।