मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै « Khabarhub

मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै


३० जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिनका लागि आज अपराह्न ५ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको छ ।

सरकारमा सहभागी नेकपा (एमाले)ले सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि यादवले विश्वासको मत लिन लागेका हुन् । एमाले जेठ १ गते सरकारबाट बाहिरिएको थियो ।

संवैधानिक व्यवस्था अनुसार सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र मुख्यमन्त्रीले प्रदेश सभामा विश्वासको मत लिनुपर्छ ।

कुल १०७ सदस्य रहेको प्रदेश सभामा बहुमतका लागि ५४ जना सांसदको आवश्यकता पर्दछ । मुख्यमन्त्री यादव नेतृत्वको सरकारलाई एमाले बाहेकका दलहरूको समर्थन छ ।

प्रकाशित मिति : ३० जेठ २०८०, मंगलबार  १ : १९ बजे

कृष्णभीर अवरुद्ध भएपछि हेटौँडा–काठमाडाैं मार्गमा सवारी चाप

हेटौँडा – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि वैकल्पिक

भोटेकोशी बाढी : बर्दियाका १३५ जनाको उद्धार

बर्दिया – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते गएको

भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग

कञ्चनपुर – कञ्चनपुरको लिटिल बुद्ध एकेडेमीले भोटेकोशी बाढीपीडितका लागि रु

भोटेकोशी बाढी : एक हजार २०४ शव फेला

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीमा परी मृत्यु भएका एक हजार

भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो

रूपन्देही – भोटेकोशी नदीमा गएको बाढीमा बगेर भारत पुगेका नौ