आज २०८३ साल असोज १० गते शनिबारको राशिफल « Khabarhub

आज २०८३ साल असोज १० गते शनिबारको राशिफल


१० आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २०८३ साल असोज १० गते शनिबार सन् २०२६ सेप्टेम्बर २६ तारिख। भाद्र शुक्ल पक्षको पूर्णिमा  तिथि। चेपाङ चोनाम पर्व, अन्तर्राष्ट्रिय परमाणु हतियार निर्मुल दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : आजको दिन  तपाईको पक्षमा छैन । खाइरहेको सुविधा नै कटौती हुने जोखिम छ। शिक्षामा गरेको लगानीबाट आंशिक लाभ हुनेछ। आफन्तबाट धोका हुनेछ। लगानीका क्षेत्र सबल छन्। व्यवहार गर्दा सचेत भएर अगाडि बढ्नु उचित हुन्छ।

वृष : दिन राम्रो छ। गुम्न लागेको धन प्राप्त हुनेछ। स्वास्थ्यमा सुधारका संकेत देखिने छन्। शिक्षामा प्रगति हुनेछ। परिवारले साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। कार्यक्षेत्रमा थप मिहिनेतको खाँचाे छ ।

मिथुन : आज शुभ कार्य बन्नेछ । पारिवारिक मेलमिलाप हुनेछ । कतै यात्रामा निस्कदा मन खुसी हुनेछ । खर्च भने बढ्ने भएकाले व्यापारमा सचेत हुनुपर्ने छ । मन शान्त बन्नेछ ।

कर्कट : दिन राम्रो छ। राजनीतिक क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारलाई विश्वास गर्दा धोका हुने जोखिम छ।

सिंह : दिन सामान्य छ। बोलीका कारण अप्ठेरो परिस्थितिको सामना गर्नुपर्ने हुनसक्छ। ऋण बढ्नेछ। राजनीतिक क्षेत्रमा धोका दिने साथी सक्रिय छन्। धार्मिक कार्यमा सहभागी भएमा दिन सहजै बित्नेछ। परिवारको साथ र सहयोगमा अगाडि बढ्ने दिन छ।

कन्या : दिन राम्रो छ। कृषि सम्बन्धी व्यापारबाट राम्रो आम्दानी हुनेछ। शिक्षा र स्वास्थ्यमा सुधार हुनेछ। सामाजिक क्षेत्रमा तपाईंको बढुवा हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। अरुले विवाद गर्दा तपाईंलाई फाइदा हुनेछ।

तुला : सामान्य दिन छ। धनलक्ष्मी योग परेको छ। राम्रो योजना बन्नेछ। समाजमा तपाईंको नामको चर्चा हुनेछ। घरभन्दा बाहिरका व्यक्तिले तपाईंको प्रशंसा गर्नेछन्। पुराना साथीको साथ मिल्नेछ।

वृश्चिक : दिन सहज बन्नेछ। स्वास्थ्यमा सुधारका संकेत देखिने छन्। श्रमको मूल्य प्राप्त हुनेछ। सहकर्मीको साथ मिल्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको फल मिल्नेछ ।

धनु : दिन सामान्य राम्रो छ। मन अशान्त बने पनि सामाजिक क्षेत्रमा तपाईंको प्रशंसा हुनेछ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ। आज यात्रामा ननिस्कनु राम्रो छ ।

मकर : खर्च बढ्ने दिन छ । ठुलो लगानी गर्ने भए हिम्मत गर्ने समय आएको छ। विपक्षीको मन जित्न नसक्दा विवाद बढ्नेछ। सामाजिक र आर्थिक क्षेत्रमा राम्रो कामको सुरुवात हुनेछ। छिमेकीसँगको भेटमा मन शान्त बन्नेछ। विपक्षीको साथ मिल्नेछ।

कुम्भ : दिन राम्रो छ। सहयोगीको साथ मिल्नेछ। व्यापारमा गरेको लगानीबाट नाफा हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा सक्रिय नहुनु उचित हुन्छ। सामाजिक क्षेत्रमा इज्जत गुम्ने खतरा छ।

मीन : दिन राम्रो छ। शिक्षामा गरेको लगानीबाट उत्साह थपिने छ। विपक्षी साथीको साथ मिल्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : १० आश्विन २०८३, शनिबार  ५ : १५ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

आज २०८३ साल असोज १० गते शनिबार । सन् २०२६

आज २०८३ साल असोज १० गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १० गते शनिबार सन् २०२६

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक