टोप्का भीरमा रेलिङसहितको बाटो निर्माण « Khabarhub

टोप्का भीरमा रेलिङसहितको बाटो निर्माण


३० जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– जिल्लाको बलेफी गाउँपालिका–८ मा रेलिङसहितको बाटो निर्माण गरिएको  छ । उक्त बाटो आज क्षेत्र  नं १ बाट प्रतिनिधिसभा सदस्य माधव सापकोटाले उद्घाटन गरे ।

टोप्का बसेरी रेलिङसहितको उक्त बाटो माओवादी उपाध्यक्ष एवम् पूर्वसभामुख अग्निप्रसाद सापकोटाको पहलमा बागमती प्रदेश सरकारको २५ लाख बजेटमा निर्माण गरिएको  हो । 

ढलान र ढुंगा छापेर बनाइएको बाटोले जोखिम हटेको स्थानीयवासीले बताए । जम्मा चार सय मिटरको यो बाटोले टोप्काटोप्का बसेरी गाउँलाई जोडेको छ ।

 निकै अप्ठेरो र जोखिमयुक्त टोप्का भीरको बाटोमा रेलिङ बनाइएपछि हिँड्न सजिलो भएको स्थानीयवासी तारानाथ पराजुलीले बताए ।
स्थानीय श्री कालीदेवी आधारभूत विद्यालयमा आउने विद्यार्थी ओहोरदोहोर गर्ने यो बाटो निकै अप्ठेरो रहेको स्थानीयवासी सुवास तामाङले बताए ।

गाउँपालिकाका अध्यक्ष गंगा तामाङले बाटोले स्थानीयवासीलाई  सहज भएको बताए । अहिले बाटो प्रयोग गरेर मोटरसाइकलसमेत ओहोरदोहोर हुने भएको  छ ।

प्रकाशित मिति : ३० जेठ २०८०, मंगलबार  ३ : ०९ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका