चिल्ला गाडी चढ्न र काठमाडौंमा घर किन्न होइन, सेवा गर्न राजनीतिमा आएको हुँ : सहमहामन्त्री राठौर « Khabarhub

चिल्ला गाडी चढ्न र काठमाडौंमा घर किन्न होइन, सेवा गर्न राजनीतिमा आएको हुँ : सहमहामन्त्री राठौर


३० जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

बुटवल- नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले चिल्ला गाडीमा चढ्न र काठमाडौंमा घर किन्न राजनीति गरेको नभई जनताको सेवा गर्न राजनीतिमा आएको बताएका छन् ।

रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलको आयोजना र लुम्बिनी प्रदेश आन्तरिक, कानून तथा सहकारी मन्त्रालयको सहयोगमा बाँकेको नेपालगन्जमा आयोजना गरेको कार्यक्रममा राठौरले आफुहरु देश र जनताका लागि राजनीति गर्ने भन्दै देश भगौडाहरुले आफूमाथि विभिन्न आरोप लगाउने गरेको समेत बताए ।

उनले आफ्ना देशका नागरिकलाई अनागरिक बनाउनेहरुले ठूलो कुरा गर्ने गरेको जिकिर गरे । उनले नेता, कर्मचारी जनताको सेवक बन्न सक्यो कि सकेन भन्ने नै महत्वपूर्ण रहेको भन्दै विभिन्न निकायमा बस्ने व्यक्तिहरु जिम्मेवार भए सुशासन आफैँ कायम हुने धारणा राखे ।

राठौरले देशको प्रमुख चुनौति नै भ्रष्टाचार भएकाले त्यसको समाधानका लागि आफ्नो काम कर्तव्यप्रति जिम्मेवार र उत्तरदायी बन्नुपर्नेमा जोड दिए ।

संघीय सांसद राठौरले संघीयतालाई पूर्ण रुपमा कार्यान्वयन गर्न सबै जिम्मेवार बन्नुपर्ने बताए ।

प्रकाशित मिति : ३० जेठ २०८०, मंगलबार  ३ : २१ बजे

जाँचबुझ आयोगको प्रतिवेदन : यी हुन् सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाउनेहरू

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भ्रामक सूचना

युक्रेनमा व्यापक आक्रमण, कैयौँ सहरमा जनजीवन प्रभावित

मस्को – रुसले युक्रेनका कैयौँ सहरमा व्यापक र हवाई आक्रमण

जाँचबुझ आयोगको प्रतिवेदन : न्यायालय राजनीतिक चंगुलमा फस्यो

काठमाडौं– पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले न्यायालय राजनीतिक चंगुलमा

बेलायत र फ्रान्सले ‘स्ट्रेट अफ हर्मुज’ पुनः सञ्चालन गर्ने पहल गर्ने

लण्डन – बेलायत र फ्रान्सले मध्यपूर्व युद्धको सुरुवातदेखि इरानले प्रभावकारी

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

कामठाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको