‘स्टेप बृहत् शैक्षिक मेला-२०८०’ आयोजना हुने « Khabarhub

‘स्टेप बृहत् शैक्षिक मेला-२०८०’ आयोजना हुने


३० जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एसईई दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै काठमाडौंमा आगामी असार १ र २ गते ‘स्टेप बृहत् शैक्षिक मेला-२०८०’ आयोजना हुने भएको छ ।

माध्यमिक तथा उच्च माध्यमिक शिक्षालयहरूको छाता सङ्गठन स्ट्यान्डर्ड टिचिङ एन्ड इभ्यालुसन प्रोस्युडर (स्टेप) ले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरि शिक्षालयले प्रदान गर्दै आएका शैक्षिक तथा भौतिक सुविधाहरूको जानकारी दिनका लागि ‘स्टेप बृहत् शैक्षिक मेला-२०८०’ आयोजना गर्न लागेको जनाएको हो । 

माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी विद्यार्थीहरूका लागि स्टेपमा आवद्ध रहेका शिक्षालयको परिचय, त्यहाँ पठनपाठनका विषय, २ करोड बराबरको छात्रवृत्ति प्रदान, अतिरिक्त कृयाकलापका कार्यक्रमका बारेमा मेलामार्फत जानकारी गराउने आयोजकले जनाएको छ । 

सो कार्यक्रममा प्रत्यक्ष-अप्रत्यक्ष गरि करिब १५० भन्दाबढी शिक्षालयको सहभागिता रहने र काठमाडौं उपत्यकाभित्रका ५ हजार विद्यार्थी सहभागिता हुने कार्यक्रम संयोजक कृष्ण गौतमले जानकारी दिए ।

यस्तै, अध्यक्ष मदनकुमार सुबेदीले संस्थाले विद्यार्थीहरूलाई केन्द्रमा राखेर काम गरिरहेको बताउँदै उक्त कार्यक्रमले विद्याथीहरूको ठूलो जिज्ञासा मेटाउने बताए ।

प्रकाशित मिति : ३० जेठ २०८०, मंगलबार  ४ : ३० बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने