पाकिस्तानी सगरमाथा आरोहीलाई इस्लामावादस्थित नेपाली राजदूतावासको सम्मान « Khabarhub

पाकिस्तानी सगरमाथा आरोहीलाई इस्लामावादस्थित नेपाली राजदूतावासको सम्मान


३० जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानको राजधानी इस्लामावादमा सगरमाथा आरोहणको ७० औं वार्षिकोत्सव र अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइएको छ । 

इस्लामावादस्थित नेपाली राजदूतावासले नेपाली तथा पाकिस्तानी सगरमाथा आरोही, पर्वतारोहण सम्बद्ध पदाधिकारी, पत्रकारहरुकाे उपस्थितिमा कार्यक्रमको आयोजना गरी मनाएको हो । 

कार्यक्रममा पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले सगरमाथा दिवसको महत्वका बारेमा चर्चा गर्दै २९ मे १९५३ मा सगरमाथाको प्रथम सफल आरोहण भएको र यसले पर्वतारोहणको क्षेत्रमा नयाँ आयाम थपेको बताएका थिए ।

कार्यक्रममा राजदूत अधिकारीले सगरमाथा आरोहीलाई स्वागत गर्दै हालै सगरमाथा आरोहण गरेका पाकिस्तानी पर्वतारोही नयला कियानी, साजिद अली सादपारालाई बधाई दिँदै उनीको आगामी पर्वतारोहण र साहसी खेल एवम् पर्यटन अभियानको सफलताको कामना समेत गरे ।

उनले शेर्पा समुदायको पर्वतारोहणमा योगदानको चर्चा गर्दै पर्वतारोहणमा शेर्पाहरुको दक्षता, विश्वसनीयता र सहयोगी भावनाका कारण उनिहरुको सहयोगमा कुनै पनि पर्वत आरोहण गर्न सहज रहेको बताए ।

प्रकाशित मिति : ३० जेठ २०८०, मंगलबार  ५ : ३५ बजे

६ वर्षमा तीन हजार ५०० हेक्टर क्षेत्रफलमा सिँचाइ

चितवन– चितवनमा विगत ६ वर्षमा भूमिगत सिँचाइका माध्यमबाट तीन हजार

राष्ट्र बैंकद्वारा ३० अर्बको निक्षेप सङ्कलन गर्दै

काठमाडौँ– नेपाल राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागले ३० अर्बको एकमहिने

बेनी-जोमसोम-कोरला सडकको अधिकांश पहिरो हटाइयो, सोमबारसम्म सञ्चालनमा ल्याउने तयारी

काठमाडौं– बेनी-जोमसोम-कोरला सडक खण्डका अधिकांश स्थानमा पहिरो पन्छाएर ट्रयाक खोल्ने

सुनको मूल्यमा सामान्य गिरावट, कतिमा भइरहेछ कारोबार

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा सामन्य वृद्धि भएको छ ।

कांग्रेसको बन्द सत्रमा सबैलाई प्रवेश खुला, प्रत्यक्ष प्रसारण हुने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्द सत्र