पाकिस्तानी सगरमाथा आरोहीलाई इस्लामावादस्थित नेपाली राजदूतावासको सम्मान | Khabarhub Khabarhub

पाकिस्तानी सगरमाथा आरोहीलाई इस्लामावादस्थित नेपाली राजदूतावासको सम्मान


३० जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानको राजधानी इस्लामावादमा सगरमाथा आरोहणको ७० औं वार्षिकोत्सव र अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइएको छ । 

इस्लामावादस्थित नेपाली राजदूतावासले नेपाली तथा पाकिस्तानी सगरमाथा आरोही, पर्वतारोहण सम्बद्ध पदाधिकारी, पत्रकारहरुकाे उपस्थितिमा कार्यक्रमको आयोजना गरी मनाएको हो । 

कार्यक्रममा पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले सगरमाथा दिवसको महत्वका बारेमा चर्चा गर्दै २९ मे १९५३ मा सगरमाथाको प्रथम सफल आरोहण भएको र यसले पर्वतारोहणको क्षेत्रमा नयाँ आयाम थपेको बताएका थिए ।

कार्यक्रममा राजदूत अधिकारीले सगरमाथा आरोहीलाई स्वागत गर्दै हालै सगरमाथा आरोहण गरेका पाकिस्तानी पर्वतारोही नयला कियानी, साजिद अली सादपारालाई बधाई दिँदै उनीको आगामी पर्वतारोहण र साहसी खेल एवम् पर्यटन अभियानको सफलताको कामना समेत गरे ।

उनले शेर्पा समुदायको पर्वतारोहणमा योगदानको चर्चा गर्दै पर्वतारोहणमा शेर्पाहरुको दक्षता, विश्वसनीयता र सहयोगी भावनाका कारण उनिहरुको सहयोगमा कुनै पनि पर्वत आरोहण गर्न सहज रहेको बताए ।

प्रकाशित मिति : ३० जेठ २०८०, मंगलबार  ५ : ३५ बजे

रियललाई हराउँदै बार्सिलोना ला लिगाको उपाधि नजिक

बार्सिलोना – बार्सिलोना ला लिगाको उपाधि नजिक पुगेको छ ।

साफ यु–१९ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालमा भारतमा जारी साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण

ताप्लेजुङ – विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घामा शनिबार नेपालीसहित १०

बुद्ध जयन्तीको पूर्वसन्ध्यामा लुम्बिनी झकिझकाउ

रूपन्देही – दुई हजार ५६९औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा भगवान् बुद्धको

बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोक – बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजदेखि औपचारिक रुपमा सुरु