परराष्ट्रमन्त्रीद्वारा ललितकला प्रदर्शनी अवलोकन | Khabarhub Khabarhub

परराष्ट्रमन्त्रीद्वारा ललितकला प्रदर्शनी अवलोकन


३० जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– परराष्ट्रमन्त्री एनपी साउदले आज राष्ट्रिय ललितकला प्रदर्शनीको अवलोकन भ्रमण गरेका छन्  ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको परिसर  नक्सालमा राखिएको कला, सिर्जनाको अवलोकन भ्रमणका क्रममा सङ्क्षिप्त प्रतिक्रिया दिँदै उनले कला भावनाको अभिव्यक्त रूप भएको बताए। 

कलाले आपसी सम्बन्ध विस्तारमा सहयोग  पुर्‍याउने उल्लेख गर्दै उनले आफूले पनि विद्यार्थीकालमा कलाको एउटा विषय लिएर अध्ययन गरेको सुनाए । मन्त्री साउदले ललितकला क्षेत्रको विकासका लागि आफ्नोतर्फबाट र सरकारको तर्फबाट आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । 

यसैबीच आजै नेकपा (एकीकृत समाजवादी) का नेता पूर्वप्रधानमन्त्री झलनाथ खनालले पनि प्रदर्शनीस्थलमा आएर कला, सिर्जनाको अवलोकन भ्रमण गरेका थिए । यसअघि पनि उक्त प्रदर्शनीमा पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, मन्त्रीहरू विभिन्न राजनीतिक दलका अध्यक्ष तथा नेता सांसद, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, कलाकार, साहित्यकारले अवलोकन भ्रमण गरेका थिए । 

प्रकाशित मिति : ३० जेठ २०८०, मंगलबार  ५ : ३८ बजे

सुदूरपश्चिम प्रदेशसभाः राजस्व र व्ययको अनुमानमाथि छलफल

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशसभामा आज सरकारको आगामी आर्थिक वर्ष २०८२/८३

अत्यधिक शरणार्थी फिर्ता हुँदा अफगानिस्तानको स्थायित्वमा असर पर्ने जोखिम

काबुल – अफगान शरणार्थीहरू ठूलो संख्यामा छिमेकी मुलुक इरानबाट आफ्नो

उत्पादन वृद्धि गर्न वैज्ञानिक विधिको प्रयोग गर्नुपर्छ : मन्त्री अधिकारी

काठमाडौं – कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले धान उत्पादन

कप्तानी डेब्यूमै साम्बाको पाँच गोल

काठमाडौं – उज्वेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोट अन्तर्गत

यस्तो छ मोहन बस्नेतलाई धरौटीमा छाड्ने अदालतको आदेश

काठमाडौं – विशेष अदालतले नेपाली कांग्रेसका नेता मोहन बस्नेतलाई २५