प्रचण्ड र बाबुरामविरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी « Khabarhub

प्रचण्ड र बाबुरामविरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी


३० जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वबाल लडाकु लेलिन विष्टसमेतले दायर गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्धको मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । 

मंगलबार न्यायाधीश सपना प्रधान मल्लको इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेश गर्दै अग्राधिकारसमेत दिएको रिट निवेदक लेलिन विष्टले जानकारी दिए । 

प्रचण्ड र बाबुराम भट्टराईले नेतृत्वको गरेको तत्कालीन माओवादीको सशस्त्र द्वन्द्वमा बालबालिका प्रयोग गरेर ‘युद्ध अपराध’ गरेको जिकिर गर्दै विष्टसमेतले प्रचण्ड र बाबुरामलाई ‘युद्ध अपराध’ को मुद्दा चलाउनुपर्ने र आफूहरूमाथि लगाइएको ‘अयोग्य लडाकु’ को बिल्ला हटाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा आइतबार रिट दर्ता गरेका थिए । 

रिटमा प्रधानमन्त्री प्रचण्ड, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बाबुराम भट्टराई, गृह मन्त्रालय, रक्षा मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय मानवअधिकार आयोगलगायत निकायलाई विपक्षी बनाइएको छ ।

प्रकाशित मिति : ३० जेठ २०८०, मंगलबार  ५ : ५० बजे

प्रधानमन्त्री कप क्रिकेट : एपीएफ विजयी

काठमाडौं– प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपीएफ क्लबले

शक्तिशाली सरकारको क्याबिनेट : रवि-बालेन भागबन्डा, एकअर्कालाई ‘क्रस चेक’ गर्दै दुवै समूह

काठमाडौं- फागुन २१ को निर्वाचनमा अभूतपूर्व सफलता हात पारेको राष्ट्रिय

बाबुको व्यभिचार खेपेकी चेलीको चित्कार– मरेर बाँचिरहेकी छु, अपराधी खुलेआम हिँडिरहेका छन्

काठमाडौं- ‘इनसाइड दि बंकर’ कार्यक्रममार्फत पीडितहरुले एकै आवाजमा बलात्कारीलाई फाँसीको

निखिल र वर्षाको ‘कस्तुरी’को छायाङ्कन अन्तिम चरणमा

काठमाडौं – नायक निखिल उप्रेती र नायिका वर्षा सिवाकोटी शीर्ष

जेन-जी आन्दोलनमा फरार एकजना लागूऔषधसहित पक्राउ

काठमाडौं– सुन्धारास्थित जगन्नाथदेवल कारागारबाट फरार एकजना लागूऔषधसहित पक्राउ परेका छन्