इजरायलद्वारा भूमध्य सागर र लाल सागरमा सरसफाई कार्यक्रम सञ्चालन « Khabarhub

इजरायलद्वारा भूमध्य सागर र लाल सागरमा सरसफाई कार्यक्रम सञ्चालन


३० जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

तेल अभिभ- महासागर दिवसका सन्दर्भमा इजरायलको वातावरण संरक्षण मन्त्रालयले ‘स्वच्छ बिच’ कार्यक्रमअन्तर्गत भूमध्य सागर र लाल सागरमा सरसफाई कार्यक्रम सञ्चालन गरेको छ। प्रकृति र पार्क प्राधिकरणको सहयोगमा इजरायल डाइभिङ एसोसिएसनको ‘सी गार्ड’ को नेतृत्वमा डाइभहरू पनि सञ्चालन गरिएको छ ।

गत साता जाफाको गिवात आलिया, हर्जलियाको समुद्री तट र दोर-नाचशोलिमको समुद्री तटमा भएको सरसफाई कार्यक्रममा ५५ जना गोताखोरले भाग लिएका थिए । सो सरसफाइ कार्यक्रममा प्लास्टिक, डिस्पोजेबल खाद्य प्याकेजिङ र पेय पदार्थको क्यानबाट बनेको करिब १२० किलो फोहोर सङ्कलन गरिएको थियो ।

‘क्लिन कोस्ट प्लान’ इजरायलमा सञ्चालित समुद्री फोहोरको समस्यालाई सम्बोधन गर्ने राष्ट्रिय कार्य योजना हो । यस कार्यक्रमले समुद्री फोहोर र विशेष गरी प्लाष्टिक फोहोरबाट हुने खतराहरू रोक्नुपर्ने आवश्यकताका बारेमा सर्वसाधारणलाई जानकारी गराउँछ ।

सन् २०२३ वातावरण संरक्षण मन्त्रालयको स्वच्छ तटीय कार्यक्रमको १८ औं वर्ष हो । कार्यक्रमको उद्देश्य इजरायलमा तटीय र समुद्री फोहोरको खतरालाई न्यूनीकरण गर्नुका साथै वातावरण र जनताको हितका लागि अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुसार समुद्र तट र समुद्र सफा गर्ने कार्य गर्नु हो ।

प्रकाशित मिति : ३० जेठ २०८०, मंगलबार  ७ : २० बजे

संस्कृति संरक्षणमा थारू समुदायका युवापुस्ता अग्रसर 

दाङ– दाङमा पछिल्लो समय थारू जातिको कला, संस्कृति संरक्षणमा नयाँ

गोल्डेन ग्लोबसँगै अवार्ड सिजनको सुरुवात : लियोनार्डोको फिल्मको वर्चस्व

काठमाडौं – विश्वभर प्रतिक्षा गरिने अवार्ड सिजनको औपचारिक सुरुवात ८३औँ

‘हांगोर’ले बंगलादेशमा चासोको कलाकार बनेका नेपाली नायक प्रमोद अग्रहरी !

काठमाडौं – नायक प्रमोद अग्रहरीले गत बिहीबार एक फिल्मको टिजर

ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण

कञ्चनपुर– कृष्णपुर नगरपालिका–२ स्थित ग्वलाबारी सामुदायिक वन पछिल्लो समय वन

भोजपुर तिम्माका महिलालाई तरकारी खेती गर्न टनेल वितरण

भोजपुर– महिलालाई उद्यमशीलतामा जोड्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले टेम्केमैयुङ