४५ वर्षअघि लेखिएको पुस्तक विमोचन « Khabarhub

४५ वर्षअघि लेखिएको पुस्तक विमोचन


३० जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – ४५ वर्ष भन्दा बढी वर्ष अगाडि लेखिएको एउटा पुस्तक मंगलबार भक्तपुरमा विमोचन गरिएको छ । वरिष्ठ साहित्यकार हरिबहादुर श्रेष्ठद्वारा लिखित समाज विकासको एक झलक नामक पुस्तकको विमोचन गरिएको हो । लेखक हरिवबहादुर श्रेष्ठ आफैँ, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, सहप्राध्यापक इतिहासविद् सत्यमोहन जोशी, पुस्तकको प्रकाशक संस्था स्रस्ता समाजका अध्यक्ष लक्ष्मणराज जोशीले संयुक्त रुपमा पुस्तक विमोचन गरेका हुन् ।

पुस्तक चार दशक भन्दा अगाडि लेखिएका विषयवस्तुको संकलन रहेको जनाइएको छ । लेखक हरिबहादुर श्रेष्ठ भारतको प्रवास जीवनमा रहँंदा लेखिएका विषयको संकलन पुस्तकमा रहेको जनाइएको छ । वरिष्ठ राजनीतिज्ञ एवं नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें रोहितको साहित्यिक नाम हरिवहादुर श्रेष्ठ हो । उनै विजुक्छें भारतको प्रवास जीवनमा हुँंदा लेखिएका विषयवस्तुहरुको संकलन पुस्तकमा रहेको जनाइएको छ ।

कार्यक्रममा विजुक्छेंले पुस्तकको पाण्डुलिपि संकलनमा ढिलाइ भएकोले पुस्तकको प्रकाशन ढिला गरी भएको सुनाए । राजनीतिक आन्दोलनलाई सघाउ पुयाउन लेखिएका कुराहरु आजका दिनमा पनि उतिकै महत्वपूर्ण रहेकोले ढिला भए पनि पुस्तक प्रकाशित गरेको उनको भनाई थियो । किसान आन्दोलन पुस्तकमा समाज विकासका विविध विकाशक्रमहरु उल्लेख छन् । समाजको उत्पति, विकासक्रम, दास समाज, सामन्ती समाजलगायतका विविध विषय पुस्तकमा समावेश छन् ।

पुस्तक एक सय ५४ पृष्ठको रहेको छ । पुस्तकको मूल्य तीन सय राखिएको छ । पुस्तकको प्रकाशक संस्था स्रस्ता समाज रहेको छ ।

प्रकाशित मिति : ३० जेठ २०८०, मंगलबार  ८ : ३४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै