यूएईसँग नेपाल तीन विकेटले पराजित | Khabarhub Khabarhub

यूएईसँग नेपाल तीन विकेटले पराजित


३० जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल आइसीसी एकदिवसीय विश्वकप छनोटअघिको अभ्यास खेलमा यूएईसँग पराजित भएको छ । जिम्बावेको हरारेमा मंगलबार भएको खेलमा यूएई तीन ३ विकेटले विजयी भएको हो ।

नेपालले दिएको २ सय ७७ रनको लक्ष्य यूएईले ४९ ओभर ५ बलमा ७ विकेट गुमाएर भेटायो । युएईको जितमा रोहन मुस्ताफाले ७८ रनको अर्धशतकीय ईनिङ खेले ।

यसअघि पहिले ब्याटिङ गरेको नेपाल ४९ ओभर ५ बलमा २ सय ७६ रन बनाउँदा अलआउट भयो । नेपालका ओपनर आशिफ शेखले सर्वाधिक ५७ रनको अर्धशतकीय ईनिङ खेले । नेपालले पहिलो विकेटका रुपमा कुशल भुर्तेललाई ब्यक्तिगत ३९ रनको स्कोरमा १९ औं ओभरको दोस्रो बलमा गुमाएको थियो ।

कुशल मल्लले ४६ रन, बनाउँदा आरिफ शेख ३५ रन बनाएका थिए । सोमपाल कामी १५ रन तथा गुल्शन झा र दिपेन्द्र सिंह ऐरीले समान ८र८ रनको योगदान गरे ।

अब नेपालले अन्तिम अभ्यास खेलमा पर्सि बिहीवार ओमानसँग खेल्नेछ । यसअघि दक्षिण अफ्रिकामा भएको अभ्यास खेलमा नेपाल स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग पराजित भएको थियो ।

 

प्रकाशित मिति : ३० जेठ २०८०, मंगलबार  ९ : ०४ बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?  

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । नेपाल

जसपा नेपाल फुटविरुद्धको रिट न्यायाधीशद्वय ढुंगाना र मुसलमानको इजलासमा

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी

सहकारी प्रकरण : कार्यदलको बैठक जारी

काठमाडौं– सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुंगो

उदिपुर–मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणमा ढिलाइ

लमजुङ– सामाजिक समस्या तथा जङ्गल कटानीलगायत कारणले निर्माणाधीन २२० केभी