इप्पान निर्वाचन : उपमहासचिवमा दुलाल र कोषाध्यक्षमा बल्लभ निर्विरोध « Khabarhub

इप्पान निर्वाचन : उपमहासचिवमा दुलाल र कोषाध्यक्षमा बल्लभ निर्विरोध


३० जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ — स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को उपमहासचिवमा प्रकाशचन्द् दुलाल र कोषाध्यक्षमा नरेन्द्र बल्लभ पन्तसहित पाँच जना निर्विरोध निर्वाचित भएका छन् ।

नयाँ कार्यसमितिका लागि सुरू भएको निर्वाचन प्रक्रियामा उपमहासचिवमा दुलाल र कोषाध्यक्षमा पन्तसहित महिला सदस्यहरूमा ईशा श्रेष्ठ, सुसन कर्माचार्य र सुमनकुमारी जोशी निर्विरोध निर्वाचित भएका हुन् ।

२५ सदस्यीय कार्यसमितिको अध्यक्षका लागि गणेश कार्की र किरण मल्लको उम्मेदवारी परेको छ । वरिष्ठ उपाध्यक्षमा मोहनकुमार डाँगी र सूर्यप्रसाद अधिकारीको तथा महासचिवमा बलराम खतिवडा र विनोद देवकोटाको उम्मेदवारी परेको छ ।

इप्पान निर्वाचनमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिवमा २/२ जना, उपाध्यक्षमा ७ जना, सचिवमा ६ जना र खुला सदस्यमा १४ जनाको उम्मेदवारी परेको छ । निर्वाचन पर्सि बिहीबार ३२ गतेका लागि तोकिएको छ । हायात होटलमा हुने इप्पानको २१ औं साधारणसभाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नेछन् ।

 

 

प्रकाशित मिति : ३० जेठ २०८०, मंगलबार  ९ : २० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै