भारतमा खाद्य सुरक्षालाई मध्यनजर गर्दै कृषि भण्डारण वृद्धि गर्न नयाँ कार्यक्रम घोषणा « Khabarhub

भारतमा खाद्य सुरक्षालाई मध्यनजर गर्दै कृषि भण्डारण वृद्धि गर्न नयाँ कार्यक्रम घोषणा


३० जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतले कृषि उत्पादनको भण्डारणलाई वृद्धि गर्नका लागि नयाँ कार्यक्रमको घोषणा गरेको छ । किसानको आय बढाउनका लागि भारत सरकारले नयाँ कार्यक्रम ल्याएको भारतीय समाचार संस्था एनडीटीभीले जनाएको छ ।

त्यहाँका केन्द्रीय मन्त्री अनुराग ठाकुरले घोषणा गरेको नयाँ कार्यक्रमलाई सहकारी क्षेत्रमा विश्वकै सबैभन्दा ठूलो खाद्यान्न भण्डारण कार्यक्रमको संज्ञा दिइएको छ । यस कार्यक्रमका लागि भारत सरकारले १ लाख करोड भारतीय रुपैयाँ विनियोजन गर्ने एनडीटीभीले जनाएको छ ।

यस कार्यक्रमले सहकारी क्षेत्रलाई थप सुधार गर्ने अपेक्षा गरिएको छ । यस कार्यक्रमबाट भारतको खाद्यान्न भण्डारण क्षमता ७ करोड टनले बढ्ने अपेक्षा गरिएको छ । हाल भारतको खाद्यान्न भण्डारण क्षमता १४ करोड ५० लाख टन हाराहारी रहेको बताइन्छ ।

नयाँ कार्यक्रमबाट आगामी ५ वर्षमा यो क्षमता बढेर २१ करोड ५० लाख टन पुग्ने अपेक्षा गरिएको छ ।

भण्डारण क्षमताको अभावका कारण अन्न खेर गइरहेको र यसबाट किसानहरुको आयमा असर परिरहेको भन्दै मन्त्री ठाकुरले यस कार्यक्रमबाट भारतको खाद्य सुरक्षामा टेवा पुग्ने बताएका छन् ।

प्रकाशित मिति : ३० जेठ २०८०, मंगलबार  ९ : ४२ बजे

बंगलादेशको अस्थिर राजनीति नेपाल सर्दै, रोकिएन सडकको गर्जन

काठमाडौं – न्युयोर्क टाइम्सले सन् २०२१ देखि जेन–जी शब्दको प्रयोग

धुलिखेल–खावा सडकको काम धमाधम (तस्बिरहरू)

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक खण्डको रोकिएको स्तरोन्नति पुनः

गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग

म्याग्दी- म्याग्दीको मालिका गाउँपालिका–७ बिमका किसान भूपेन्द्र शर्माले गाईभैँसीको गहुँतबाट

भूराजनीतिका नाममा शंकर पोखरेल चिप्लिएपछि…

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेल भूराजनीतिका नाममा चिप्लिएका

एकैपटक ११२ आयोजनाका लागि ठेक्का आह्वान

खोटाङ– भौतिक पूर्वाधार कार्यालय खोटङले ११२ आयोजनाका लागि ठेक्का आह्वान