तीन दिनमा संरचना बनाएर १० लाख लिटर पानी « Khabarhub

तीन दिनमा संरचना बनाएर १० लाख लिटर पानी


३० जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

मकवानपुर – हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले तीन दिनमा पूर्वाधार निर्माण गरेर दैनिक थप १० लाख लिटर पानी वितरण गरेको छ । बोर्डका अध्यक्ष प्रताव विष्टको अनुसार सुक्खायामसँगै हेटौँडामा पानीको समस्या बढ्न थालेपछि बोर्डले पूर्वाधार निर्माण गरेर उत्पादनमा वृद्धि गरेको हो ।

अध्यक्ष विष्टले मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैँसे ब्यारेक अगाडिको राप्ती खोलामा ‘समवेल’ निर्माण गरेर प्रतिमिनेट एक हजार पाँच सय लिटर पानी थप गरिएको उनले बताए । नेपाली सेनासँग स्वीकृति लिएर हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले ब्यारेक अगाडि रापती खोला नजिक ‘समवेल’ निर्माण गरेको उनको भनाइ छ ।

तीन दिनसम्म निरन्तरको प्रयासपछि पानी निकालेर वितरण गर्न सफल भएको बोर्डका लेखापाल सञ्जय न्यौपानेले बताए । पानी नपरेर सुक्खायाम बढेपछि पानीको अभाव भएका क्षेत्रमा खानेपानी बोर्डले ट्याङ्कीमार्फत पानी वितरण गर्दै आएको थियो ।

प्रकाशित मिति : ३० जेठ २०८०, मंगलबार  १० : ०१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै