तनाव कसरी कम गर्ने ? « Khabarhub

तनाव कसरी कम गर्ने ?

के हो ‘प्यानिक अट्याक’?


२८ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समय व्यस्त जीवनशैलीले मानिसलाई दैनिक तनाव थपिरहेको छ। धेरै तनाव लिँदा विभिन्न खालका समस्या उत्पन्न भएका छन्। तनावका कारणले मानिसहरू धेरै ‘प्यानिक अट्याक’ अर्थात मानसिक आतंक एवं आक्रमणको सिकार बन्न पुगेको चिकित्सकहरू बताउँछन्। तनाव, चिन्ता र डर जब चरम सीमामा पुग्छ तब ‘प्यानिक अट्याक’ हुनसक्छ। कुनै तनावपूर्ण घटनाका कारण ‘प्यानिक अट्याक’ हुनसक्छ। व्यस्त जीवनशैलीबाहेक सम्बन्ध विच्छेद, एक्लोपना, विभिन्न कुराको तनाव हुन्छ। यसबाहेक जागिर जाने डर जस्ता अनेक कारणले ‘प्यानिक अट्याक’ हुने सम्भावना हुन्छ। श्वासप्रश्वासको अभ्यास, हल्का व्यायाम र ध्यानले प्यानिक अट्याकलाई नियन्त्रण गर्न सकिन्छ। त्यसैले के हो त ‘प्यानिक अट्याक’ भनेको ? यसका लक्षणहरू के के हुन् ? यो बाट बच्ने उपाय के के हुन सक्छन् ? लगायतका विषयमा आधारित रहेर खबरहबका लागि मनोविद् अनन्त केसीसँग गरिएको कुराकानीको सम्पादित अंशः

‘प्यानिक अट्याक’ भनेको के हो ?
‘प्यानिक अट्याक’ भनेको एक प्रकारको मस्तिष्कमा हुने आक्रमण हो। यसमा एक्कासी डर लाग्ने हुन्छ। तनाव, चिन्ता र डर जब चरम सीमामा पुग्छ तब प्यानिक अट्याक हुनसक्छ। यो पहिला त आफ्नो पूर्वजहरू कसैलाई भएको छ भने वंशाणुगत तरिकाले हुन्छ। धेरै तनाव भयो भने भविष्यको चिन्ता र विगतको चिन्ता लिँदा नकारात्मक कुराको कल्पना गर्दा, दिमागको विभिन्न भागमा परिवर्तन हुँदा पनि हुन्छ।

‘प्यानिक अट्याक’ हुँदा के कस्ता लक्षण देखा पर्छन् ?
प्यानिक अट्याक विशेष गरेर १८ देखि २२ वर्ष उमेर समूहका मानिसमा बढी हुन्छ। त्यसमा पनि दीर्घ रोगी र महिला प्यानिक अट्याकको बढी जोखिममा हुन्छ।। प्यानिक अट्याक हुँदा पहिला मर्छु कि जस्तो हुने, आफ्नो कन्ट्रोल नहुने, मुटुको धड्कन बढ्ने, चिटचिट पसिना आउँने हुन्छन्। यस्तै जिउ काम्न थाल्ने, सास छिटो छिटो हुने, शरीरमा चिसोपना हुने, पेट बाउँडिने, वान्ता हुने, छाती दुख्ने, टाउको दुख्ने रिंगटा लाग्ने भयो भने प्यानिक अट्याक हुन्छ। यो ‘प्यानिक अट्याक’ बारम्बार भयो भने त्यसलाई हामी ‘प्यानिक डिसअर्डर’ भन्छौँ।

महिलामा बढी हुनुको कारण के हो ?
पुरुषको तुलनामा महिलामा शारीरिक परिवर्तन बढी हुन्छ। महिलाको ब्रेन पनि पुरुषको भन्दा सानो हुन्छ। त्यसकारण महिला चिन्ता धेरै झेल्न सक्दैनन्। आमा बन्नु पर्ने हुँदा र धेरै चिन्ता गर्ने सानो कुरामा पनि चासो दिने हुँदा यो बढी हुन्छ। महिलाले पुरुषले जस्तो आफ्नो कुराहरू जो कोहीसँग खुलेर बोल्दैनन्। जसका कारण पनि यो समस्या आउँछ।

समस्या भएर पनि घरमै बस्दा पछि कस्तो जोखिम निम्तिन्छ ?
प्यानिक अट्याक भयो भने मानिस सिकिस्तै हुन्छन्। त्यस कारण यो सामान्य होइन, यसलाई सामान्य ठान्नु हुँदैन। कोही मानिस तत्काल नै हृदयाघात भएर ढल्छन्। यसको कुनै उपचार नै छैन। यसको लागि भनेको व्यायाम गर्ने, योगा गर्ने मात्र हो। दौडधुप धेरै नगर्ने, धेरै डर र चिन्ता नलिने, गल्तीलाई धेरै लुकाउँदा पनि चिन्ता धेरै हुन्छ। सहरको जीवनशैली राम्रो खानपिन नहुँदा, दुर्घटनाबाट पनि यस्तो हुन्छ। जस्तो सानोमा दुर्घटना भएको छ भने पनि प्यानिक अट्याकको चान्स बढी हुन्छ।

‘प्यानिक अट्याक’ हुँदा के गर्ने ?
प्यानिक अट्याक भएको व्यक्तिलाई तुरुन्त खुला ठाउँमा वा स्वच्छ हावा आउने ठाउँमा राख्ने र उसले लगाएको लुगा खुकुलो गरिदिनुपर्छ। जसले उसलाई सास फेर्न सहज होस्। उसलाई लामो सास फेर्न लगाउनुपर्छ। यसो गर्दा प्यानिक अट्याक नियन्त्रण हुन्छ। त्यसको लागि मानसिक रूपमा सक्षम हुनुपर्छ। एन्जाईटी हुन नदिने, हाईरिक्स एन्जाइटी एकदम खतरा हुन्छ। घर छोड्न मन नलाग्ने, आत्महत्या गर्ने सोच आउने हुन्छ। जे व्यक्तिलाई ‘प्यानिक अट्याक’ भएको छ भने उपचारमा गइहाल्ने, साथी भाइसँग खुलेर कुरा गर्ने, दैनिक बिहान पसिना आउने गरेर दौडिने, जुम्बा गर्ने, व्यायाम गर्ने, योगा गर्ने, नाच्ने, पसिना बगाउने आदि गर्नुपर्छ। यसरी पसिना बगाउँदा शरीरबाट मेलाटोनिन, सेरोटोनिन जस्ता हर्मन रिलिज हुन्छन्। ‘प्यानिक अट्याक’ पीडित व्यक्तिलाई चिसो पानी अथवा जीवनजल पिउन दिँदा यसले शरीरलाई राहत प्रदान गर्नुको साथै केही समयपछि मुटुको धड्कन सामान्य हुनथाल्छ। त्यसैले पानीहरु खुवाउनु पर्छ।

यस्तो समस्या नहोस् भनेर पहिला नै के-के कुरामा ध्यान दिने ?
अहिले मानिसलाई जसरी भए पनि भाइरल हुने सोचमा हुन्छन्। त्यसमा यसले यस्तो गर्यो। मैले गरिन भनेर चिन्ता गर्ने हुन्छ। यसले पनि ‘प्यानिक अट्याक’ हुनसक्छ। त्यसैले आफूलाई अरूसँग तुलना नगर्ने। ज्यादा महत्वकांक्षी हुनु हुँदैन। धेरै आशावादी नहुने, ज्ञानमूलक पुस्तक पढ्ने, राम्रो फिल्म हेर्ने। गीत सुन्ने। नराम्रा दुर्घटना नहेर्ने, मायामा धोका होला कि भन्ने चिन्ता गर्दा पनि प्यानिक अट्याक हुन्छ। त्यसैले सबै समस्यालाई सामान्य ठान्ने। कुनै पनि समस्यादेखि कहिले न आत्तिने, म राम्रो गर्न सक्छु भन्ने सोच्ने, सबैसँग हाँसेर बोल्ने, नराम्रो व्यवहार कसैलाई नगर्ने, पर्याप्त मात्रामा सुत्ने गर्नुपर्छ। सुत्नु अघि र उठेपछि केही राम्रो कुरा कापीको पानामा टिप्ने र त्यसलाई २८ दिनसम्म हेर्ने सकारात्मक सन्देश लिने। हाम्रो ब्रेन सेल्सलाई मर्न नदिने, त्यसको लागि पर्याप्त मात्रामा व्यायाम गर्ने, योगा गर्न सकिन्छ।

प्रकाशित मिति : २८ असार २०८०, बिहीबार  ७ : ०१ बजे

भोटेकोशी बाढी : एक हजार ३५७ जनाको शव भेटियो

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढी

जेन-जी शहीद दिवस : परिवारका आँखामा आँसु

काठमाडौं– जेन-जी सहिद दिवस विभिन्न कार्यक्रमको आयोजना गर्दै मंगलबार देशभर

चीनबाट चौथो चरणको आपत्कालीन राहत सामग्री काठमाडौं आइपुग्यो

काठमाडौं- चीनले नेपाललाई सहयोगस्वरूप उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको चौथो

‘जनताभन्दा सीडीओ–प्रहरी सरुवामा केन्द्रित हुँदा एमालेले जनमत गुमायो’

काठमाडौं- नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले जनतासँगको सम्बन्ध टाढिएका कारण

कांग्रेसले महाधिवेशन असोजमै, राष्ट्रिय सभागृहको हल बुकिङका लागि पत्र

काठमाडौं- नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनका लागि राष्ट्रिय सभागृहको प्रदर्शनी