राजदूत अर्याल र ओमानका परराष्ट्र मन्त्रालयका अन्डरसेक्रेटरी मुसैलीबीच भेटवार्ता  « Khabarhub

राजदूत अर्याल र ओमानका परराष्ट्र मन्त्रालयका अन्डरसेक्रेटरी मुसैलीबीच भेटवार्ता 


२८ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा : ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्याल र ओमानको परराष्ट्र मन्त्रालयका अन्डरसेक्रेटरी खालिद अल मुसैलीबीच भेटवार्ता भएको छ ।

भेटका अवसरमा दुई पक्षीय सहयोग तथा आपसी हितका विभिन्न विषयमा छलफल भएको मस्कटस्थित नेपाली दूतावासले जनाएको छ ।

उक्त भेटमा ओमानका तर्फबाट सम्बन्धित महाशाखाका कर्मचारी र नेपाली दूतावासबाट प्रथम सचिव सोमेश थापा तथा श्रम सहचारी गोबिन्द आचार्यको पनि उपस्थिति थियो ।

सो अवसरमा राजदूत अर्यालले माछापुछ्रे हिमालयन रेन्जको पेन्टिङ परराष्ट्र मन्त्रालयको उपयुक्त स्थानमा राख्न उपहारस्वरूप प्रदान गरेका थिए । उक्त पेन्टिङ सगरमाथा समूह ओमानद्वारा उपलब्ध गराइएको थियो ।

गत हप्ता मात्र राजदूत अर्यालले त्यहाँको श्रम मन्त्रालयका अन्डरसेक्रेटरी शेख नसर अमुर अल होस्नीबीच पनि भेटवार्ता गरेका थिए । 

उनीहरूबीचको भेटमा पनि द्विपक्षीय सहयोग, श्रम सम्झौता, कामदारका विविध समस्याहरू, मानव तस्करी लगायतको विषयमा छलफल भएको थियो ।

प्रकाशित मिति : २८ असार २०८०, बिहीबार  ७ : ३९ बजे

आशा भोस्लेलाई सम्झिँदै भारतीय दूतावासले भन्यो, ‘दुई देशबीचको सांस्कृतिक सम्बन्धकी सेतु थिइन्’

काठमाडौं- नेपालस्थित भारतीय दूतावासले प्रख्यात गायिका आशा भोस्लेको ९२ वर्षको

आशाका कालजयी गीतमा स्कुले बच्चादेखि वृद्धसम्म ‘छमछमी’

मोहनी लाग्ला है !‘वसन्त नै बस्न खोज्छ यहाँ’‘किन बढ्दैछ ढुकढुकी

उपसभामुखमा जिल्लिएपछि राप्रपा चर्कियो विवाद, नयाँ नेतृत्वका लागि तत्काल महाधिवेशनमा जानुपर्ने माग

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र फागुन २१ गतेको निर्वाचनमा भएको पराजयको

लागूपदार्थ सेवन गरेर सवारी चलाउनेमाथि ट्राफिक प्रहरीको कडाइ, एकैदिन १०१ चालक कारबाहीमा

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरीले विशेष अभियानअन्तर्गत ‘सप्राइज चेकिङ’ का 

पाल्पामा बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालन

पाल्पा– यहाँ दुई वर्षदेखि बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालनमा