मनसुनजन्य विपदमा काभ्रेका ३ हजार ७ सय घर उच्च जोखिममा « Khabarhub

मनसुनजन्य विपदमा काभ्रेका ३ हजार ७ सय घर उच्च जोखिममा


२८ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काभ्रे– काभ्रेपलाञ्चोकमा यस वर्षको ‘मनसुनजन्य विपद्’मा ३ हजार ७५७ घर उच्च जोखिममा परेका छन् । सबैभन्दा बढी मण्डनदेउपुर नगरपालिकाका बासिन्दा जोखिममा रहेको अनुगमन तथा निरीक्षणको तथ्याङ्कले देखाएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक शाखाद्वारा प्रस्तुत विपद् तथा जोखिम वर्गीकरणमा जिल्लाका तीन हजार सात सय ५७ घर उच्च जोखिममा रहेको जानकारी दिइयो ।

सबैभन्दा बढी मण्डनदेउपुर नगरमा सबैभन्दा बढी सात सय ८५ र सबैभन्दा कम बेथानचोक गाउँपालिकामा एक सय ४८ घर विपद्जन्य घटनाको उच्च जोखिममा रहेको जनाइएको छ । काभ्रेपलाञ्चोकमा १३ स्थानीय तह रहेका छन् ।

प्रस्तुत तथ्याङ्कअनुसार धुलिखेल नगरपालिकामा तीन सय २०, बनेपामा दुई सय ५९, पनौतीमा दुई सय छ, पाँचखालमा एक सय ५८, नमोबुद्धमा दुई सय ५० घर प्राकृतिक प्रकोप बाढी–पहिरोको उच्च जोखिममा रहेका हुन् । 

यस्तै खानीखोला गाउँपालिकाको दुई सय २२, रोशीका तीन सय ४५, तेमालका तीन सय आठ, चौंरीदेउरालीका दुई सात, भुम्लुका तीन सय नौ र महाभारत गाउँपालिकाको दुई सय २० घर विपद्जन्य घटनाको उच्च जोखिममा रहेको पाइएको छ ।

मनसुनजन्य विपदबाट क्षति हुन नदिन पूर्वतयारी अवस्थामा रहन जिल्लास्थित स्थानीय तहलाई निर्देशन दिइएको छ । समितिले बाढी, डुबान तथा कटान हुनसक्ने जोखिमयुक्त क्षेत्रको पहिचान गर्ने, सम्भाव्य उच्च जोखिममा रहेका बस्तीको पहिचान गरी प्रभावित हुनसक्ने परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरणार्थ सहजीकरण गर्न आग्रह गरेको छ ।

साथै, अत्यावश्यक आवश्यक खाद्य तथा गैरखाद्य सामग्री भण्डारण गर्ने, बाढीको समयमा नदीनालामा माछा मार्ने, पौडी खेल्ने, काठ–दाउरा सङ्कलन गर्नेजस्ता कार्यलाई निषेध गर्ने, महिला, ज्येष्ठ नागरिक, बालबालिका तथा अपाङ्गता भई उच्च जोखिममा रहेका नागरिकको सुरक्षामा विशेष ध्यान दिने तालिम प्रदान गरिने छ । 

यस्तै, आपतकालीन प्रतिकार्यका लागि सामग्रीसहित खोज तथा उद्धार कार्यमा तत्काल खट्न सक्ने गरी जिल्लास्थित सुरक्षा निकाय तयारी अवस्थामा राख्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पोडेलले बताउनुभयो । उहाँका अनुसार स्थानीय तहमा सामुदायिक विपद् प्रतिकार्यका लागि थप जनशक्ति तयार पार्न तालिम प्रदान गरिने छ ।

गत जेठमा जिल्लास्थित नेपाली सेनाको कालीजङ्ग गणले चार दिने तालिममार्फत सामुदायिक विपद् प्रतिकार्यका लागि जिल्लाको १० स्थानीय तहमा ८० विपद् प्रतिकार्य जनशक्ति तयार पारेको छ । 

यसअघिका महिनामा मनसुनजन्य विपदबाट जनधनको क्षति हुन नदिन तथा उद्धार तथा खोजीकार्यलाई प्रभावकारी बनाउन पूर्वतयारीस्वरुप सुरक्षा निकायले उद्धारको पूर्वाभ्यास गरेका थिए । 

सशस्त्र प्रहरी बल नेपालको नं १५ गण हेडक्वाटर काभ्रेपलाञ्चोक र १६ नं गण सिन्धुपाल्चोक गरी दुई जिल्लाका सशस्त्र प्रहरीद्वारा काभ्रेपलाञ्चोकस्थित सुनकोशी नदीमा गत जेठमा उद्धारको पूर्वाभ्यास गरेका थिए । 

नेपाली सेनाको धुलिखेलस्थित कालीजङ्ग गणले ‘मनसुन–३’ नामकरण गर्दै गत वैशाख अन्तिम साता सोही स्थानमा सोही प्रकृतिको अभ्यास गरेको थियो । चालु आर्थिक वर्षको हालसम्ममा काभ्रेमा चार सय २४ जना विपद्मा परेको तथ्याङ्क छ । 

यसमध्ये पहिरो, आगलागी, चट्याङ, हावाहुरी, करेन्ट तथा दुर्घटनाबाट ५९ जनाको मृत्यु भएको थियो । तीन सय ७७ जना घाइते भएका थिए भने सुरक्षाकर्मीले ३३ जनाको उद्धार गरेका थिए । 

प्रकाशित मिति : २८ असार २०८०, बिहीबार  १० : ५९ बजे

पत्रकारसँग रिसाए ओली : ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’

काठमाडौं- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पत्रकारसँग आक्रोशित देखिएका

बाढी प्रभावितलाई चिनियाँ सहयोग : खाद्य तथा स्वास्थ्य सामग्रीका साथै ४४९ थान सौर्यबत्ती

काठमाडौं– भोटेकोशी बाढीबाट प्रभावितहरूलाई दैनिक उपभोगका अत्यावश्यक सामग्री प्रदान गर्ने क्रम

इरान युद्धको लागत बढ्दै, अमेरिकी सेनाको खर्च ४३ अर्ब ६० करोड डलर

वासिङ्टन– इरानसँग जारी युद्धमा अमेरिकी सेनाको खर्च बढेर ४३ अर्ब

महासचिवमा रोकेपछि ‘मन दुख्यो’ भनेका प्रदीप ज्ञवालीले किन गरे केपी ओलीकै गुणगान ?

काठमाडौं- नेकपा (एमाले) नेता प्रदीप ज्ञवाली यतिबेला पार्टी अध्यक्ष केपी

भोटेकोशी बाढी : एक हजार ४ सय ३६ जनाको शव भेटियो

काठमाडौं– भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूमध्ये एक हजार ४३६ जनाको शव