सीता दाहालको निधनप्रति चिनियाँ कम्युनिस्ट पार्टीद्वारा दुःख व्यक्त | Khabarhub Khabarhub

सीता दाहालको निधनप्रति चिनियाँ कम्युनिस्ट पार्टीद्वारा दुःख व्यक्त


२८ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चिनियाँ कम्युनिस्ट पार्टीले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहालको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ जियानचाओले जारी गरेको शोक सन्देशमा दाहालको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारलाई समवेदना प्रकट गरिएको छ ।

‘सीता दाहाल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को एक महत्त्वपूर्ण नेताका रूपमा काम गरेको र हाम्रो विभागको निमन्त्रणामा भएको चीन भ्रमणमा उहाँको पनि सहभागिता थियो’, शोक सन्देशमा भनिएको छ, ‘उहाँको निधनप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौँ ।’

पार्टीले यस कठिन घडीमा नेपालको राष्ट्रिय विकासको नेतृत्व गर्न प्रधानमन्त्री दाहालको दृढशक्तिको कामनासमेत गरेको छ । प्रधानमन्त्री दाहाल पत्नीको बुधबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

प्रकाशित मिति : २८ असार २०८०, बिहीबार  १२ : ०९ बजे

बन्दीपुर केवलकारको आइपीओ सर्वसाधारणका लागि खुल्यो

काठमाडौं – बन्दीपुर केवलकार एंड टुरिजम लिमिटेडको सर्वसाधारणका लागि साधारण

साफ यु–१७ च्याम्पियनसिप : आज नेपाल र बङ्गलादेश खेल्ने

काठमाडौं– १७ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र

श्रीनगर एग्रीटेकको आइपीओ बिक्री सुरु

काठमाडौं – श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडको साधारण शेयर (आइपीओ) बिक्री

भक्त राना स्मृति बुद्धिचालको उद्घाटन प्रचण्डले गर्दै

काठमाडौं – भक्त राना मेमोरियल बुद्धिचाल प्रतियोगिता बुधबार सुरु हुँदैछ।

रुवी साह हत्या आरोपी लक्ष्मण पासवान पक्राउ

रौतहट – रुवी साह हत्या काण्डमा संलग्न रहेको आरोप लागेका