बलात्कारको आरोपमा दुईजना पक्राउ « Khabarhub

बलात्कारको आरोपमा दुईजना पक्राउ


२८ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बर्दिया र उदयपुरमा गरी बलात्कारको आरोपमा दुईजना पक्राउ  परेका छन् । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दियाको राजापुर नगरपालिका–४ भिमापुर घर भई गेरुवा गाउँपालिका–५ लक्ष्मीपुरस्थित छोरीको घरमा बस्दै आएका ६६ वर्षीय रामफल थारूलाई प्रहरीले पक्राउ गरेको छ । 

थारूले ती बालिकालाई गत सोमबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय पाताभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको  हो ।

यस्तै, उदयपुरमा ५५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा चौदण्डीगढी नगरपालिका–६ सिरुवानी बस्ने ५२ वर्षीय दिपराज बास्तोलालाई प्रहरीले पक्राउ गरेको छ । 

बास्तोलाले ती महिलालाई असार १३ गते सोही नगरपालिका–६ सिरुवानीस्थित जङ्गलमा च्याउ टिप्न गएको अवस्थामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । दुवैजना माथि थप अनुसन्धान भइरहेको छ ।

    

प्रकाशित मिति : २८ असार २०८०, बिहीबार  १ : ३० बजे

तत्काल बजार भाउ घटाउन मन्त्री यादवको कडा निर्देशन

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले निजी क्षेत्रका विभिन्न

प्रतिनिधिसभामा बाध्यकारी श्रम महासन्धिको प्रोटोकलमाथि छलफल

काठमाडौं-प्रतिनिधिसभाको आजको बैठकमा ‘बाध्यकारी श्रम महासन्धिको प्रोटोकल नं २९ र

बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै

ढाका- साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानले पठाएको औपचारिक निमन्त्रणा

सरकारी आयुर्वेद औषधिको उत्पादन बढाउन स्वास्थ्यमन्त्री मेहताको जोड

काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले आइतबार नरदेवी आयुर्वेद