ब्रेकिङ स्टोरी

ललिता निवास प्रकरण : सचिव राउतलाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

By खबरहब

July 13, 2023

काठमाडौँ- सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पक्राउ परेका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश दिएको छ ।

सचिव राउतको पक्राउविरुद्ध दायर बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले राउतलाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश दिएको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई गत आइतबार पक्राउ गरेको थियो ।