राप्रपाद्वारा नयाँ कार्ययोजना सार्वजनिक, आइन्दा पार्टीमा काम नगरी नेता हुन नपाइने « Khabarhub

राप्रपाद्वारा नयाँ कार्ययोजना सार्वजनिक, आइन्दा पार्टीमा काम नगरी नेता हुन नपाइने


२८ असार २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीमा काम नगरी नेता हुन नपाइने व्यवस्थासहितको ‘नवीन राप्रपा–२०८०’ को कार्ययोजना सार्वजनिक गरेको छ ।

बिहीबार पार्टी कार्यालय धुम्बराहीमा पत्रकार सम्मेलन गर्दै राप्रपाले ‘राप्रपा : अब नवीन राप्रपा’ कार्ययोजनाअन्तर्गत नवपरिकल्पना, नवपरिचय र नवप्रस्तुति मूल नारासहित जनताको घरदैलोमा राप्रपा अभियान समेत सुरु गरेको जनाएको हो ।

अभियानअन्तर्गत राप्रपाले पार्टीका केन्द्रीय नेतालाई स्थानीय तहको भूगोल केन्द्रित जिम्मेवारी प्रदान गरेको छ भने तोकिएका भूगोलको जिम्मेवारीमा नजाने नेता स्वतः पदीय जिम्मेवारीबाट मुक्त हुने अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।

उनले पार्टीले आगामी दिनमा विभिन्न तहमा हुने निर्वाचनमा ५० प्रतिशत प्राइमरी छनौटमा उम्मेदवार तय गर्ने पनि बताए । त्यस्तै उनले पार्टीले विद्युतीय माध्यमबाटै साधारण, सक्रिय सदस्य बन्नका साथै आर्थिक सहयोग गर्न पनि सकिने व्यवस्था गरेको जानकारी दिए ।

राप्रपाले ६ महिनाभित्रमा १ सय ६५ निर्वाचन क्षेत्रसम्म प्रशिक्षण कार्यक्रम सम्पन्न गरिने जनाएको छ । प्रशिक्षण कार्यक्रम सम्पन्न भएपछि जनजिविकाका सवाल तथा राजनीतिक मन्यता स्थापनाका लागि जनदबाब श्रृजनाका क्रियाकलाप अघि बढाउने राप्रपाले जनाएको छ ।

प्रकाशित मिति : २८ असार २०८०, बिहिबार  ५ : २३ बजे

पर्सनलाइज्ड एमआरएनए खोपले मेलानोमा क्यान्सर दोहोरिने वा मृत्यु हुने जोखिम ४२ प्रतिशत घटायो

काठमाडौँ– पर्सनलाइज्ड एमआरएनए क्यान्सर खोप र प्रतिरक्षा उपचार औषधिको संयुक्त प्रयोगले

नागढुंगाबाट लागुऔषधसहित एक जना पक्राउ

काठमाडौँ– काठमाडौंको नागढुंगाबाट १४.२८ ग्राम लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छ : स्वास्थ्यमन्त्री मेहता

धनुषा– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा स्वीकृत

कोरियाली सीमा तनावबीच ‘कल अफ ड्युटी’ दक्षिण कोरियामा बिक्रीको शीर्ष स्थानमा

एजेन्सी– उत्तर कोरियाले दक्षिण कोरियामाथि व्यापक सैन्य आक्रमण गरेको कथावस्तु

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

राँझा– जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७