शङ्कास्पद कागजात लिएर विदेश जान खोज्ने १५६ जनालाई विमानस्थलबाट फर्काइयो | Khabarhub Khabarhub

शङ्कास्पद कागजात लिएर विदेश जान खोज्ने १५६ जनालाई विमानस्थलबाट फर्काइयो


२८ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


504
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कागजातहरु शङ्कास्पद देखिएको भन्दै कुवेतलगायत मुलुक जान लागेका १५६ जनालाई विमानस्थलबाट फर्काइएको छ ।

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अनुसार कागजात दुरुस्त नभएपछि शङ्का लागेर यही असार २५ गते ३७, असार २७ गते  १०१ र आज १८ जना गरी १५६ जनालाई फर्काइएको  हो ।

उक्त कार्यालयका वरिष्ठ अध्यागमन अधिकृत झङ्कनाथ ढकालले उनीहरुको भिसा परीक्षण गर्दा कतिपयको ‘वेटिङ फर एप्रुभ’ भनेको भेटिएको, कतिपयको व्यक्तिगत श्रम स्वीकृतिमा जान लागेको देखिएको तर राजदूतावासबाट श्रम स्वीकृतिको बोधार्थ प्राप्त नभएको तथा एउटा देशमा जाने भनेर  कागजात पेश गरिएको तर उसको भिसा अर्कै देशको रहेको पाइएकोलगायतका समस्याहरु देखिएको बताए ।

उनले भने, “यी कागजातहरु सही हुन पनि सक्छन् र गलत हुन पनि सक्छन्, तर कागजात शङ्कास्पद देखिएकाले रोकिएका छन्, यस विषयमा वैदेशिक रोजगार विभाग, परराष्ट्र मन्त्रालयसँग समन्वय गरेरमात्रै के रहेछ निर्क्यौल हुनेछ ।”

त्यसअघि जोर्डन जान लागेका १५ जनालाई पनि यसैगरी फिर्ता गराइएको थियो । उनीहरुको विषयमा पनि निर्णय भइसकेको छैन ।

प्रकाशित मिति : २८ असार २०८०, बिहीबार  ५ : ५१ बजे

तीन शतकसँगै भारतले जोगायो टेस्ट

काठमाडौं – कप्तान शुभमन गिलको सङ्घर्षपूर्ण शतकसँगै भारतले इंग्लयान्डसँगको चौथो

देशका धेरै भूभागमा वर्षा, सतर्क रहन अनुरोध

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय

स्पेनलाई हराउँदै इंग्ल्यान्ड बन्यो युरोपेली च्याम्पियन

स्वीजरल्यान्ड – स्पेनमाथि नाटकीय जित हात पार्दै इंग्ल्यान्डले महिला युरो

साउनको सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल साउन १२ गते सोमबार। साउन