दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


२८ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

राष्ट्रियसभाले पारित गर्‍यो विनियोजन विधेयक, ललिता निवास प्रकरण : सचिव राउतलाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश, कूटनीतिक सम्बन्ध, प्रतिरक्षा, सुरक्षाका विषयमा बोल्दा संयमता अपनाऔँ : परराष्ट्रमन्त्री साउद, शङ्कास्पद कागजात लिएर विदेश जान खोज्ने १५६ जनालाई विमानस्थलबाट फर्काइयो, सहकारी क्षेत्र सुधार कार्यदलको म्याद थप गर्ने सरकारको निर्णय लगायतका समाचारले प्रमुख स्थान पाए । 

राष्ट्रियसभाले पारित गर्‍यो विनियोजन विधेयक

राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८० पारित गरेको छ ।

बिहीबार बसेको राष्ट्रियसभा बैठकले अर्थमन्त्री डा प्रकाशशरण महतले राखेको प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८० पारित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको हो ।

ललिता निवास प्रकरण : सचिव राउतलाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पक्राउ परेका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश दिएको छ ।

सचिव राउतको पक्राउविरुद्ध दायर बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले राउतलाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश दिएको हो ।

कूटनीतिक सम्बन्ध, प्रतिरक्षा, सुरक्षाका विषयमा बोल्दा संयमता अपनाऔँ : परराष्ट्रमन्त्री साउद

परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले कूटनीतिक सम्बन्ध, देशको प्रतिरक्षा, सुरक्षाका विषयमा बोल्दा संयमता अपनाउन आग्रह गरेका छन् ।

बिहीबार बसेको राष्ट्रियसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले विभिन्न देशहरूसँगको कूटनीतिक सम्बन्ध, देशको प्रतिरक्षा, सुरक्षा र सेनाका विषयमा बोल्दा संवेदनशीलता र संयमता अपनाउन आग्रह गरेका हुन् ।

शङ्कास्पद कागजात लिएर विदेश जान खोज्ने १५६ जनालाई विमानस्थलबाट फर्काइयो

कागजातहरु शङ्कास्पद देखिएको भन्दै कुवेतलगायत मुलुक जान लागेका १५६ जनालाई विमानस्थलबाट फर्काइएको छ ।

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अनुसार कागजात दुरुस्त नभएपछि शङ्का लागेर यही असार २५ गते ३७, असार २७ गते १०१ र आज १८ जना गरी १५६ जनालाई फर्काइएको हो ।

सहकारी क्षेत्र सुधार कार्यदलको म्याद थप गर्ने सरकारको निर्णय

सरकारले सहकारी क्षेत्र सुधार कार्यदलको म्याद थप गर्ने निर्णय गरेको छ ।

असार २६ गते बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले सहकारी क्षेत्र सुधार सुझाव कार्यदल २०८० को म्याद एक महिना थप गर्ने निर्णय गरेको जानकारी दिइन् ।

राप्रपाद्वारा नयाँ कार्ययोजना सार्वजनिक, आइन्दा पार्टीमा काम नगरी नेता हुन नपाइने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीमा काम नगरी नेता हुन नपाइने व्यवस्थासहितको ‘नवीन राप्रपा–२०८०’ को कार्ययोजना सार्वजनिक गरेको छ ।

बिहीबार पार्टी कार्यालय धुम्बराहीमा पत्रकार सम्मेलन गर्दै राप्रपाले ‘राप्रपा : अब नवीन राप्रपा’ कार्ययोजनाअन्तर्गत नवपरिकल्पना, नवपरिचय र नवप्रस्तुति मूल नारासहित जनताको घरदैलोमा राप्रपा अभियान समेत सुरु गरेको जनाएको हो ।

सुशासनको अभियानले विश्राम लिँदैन : उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान सरकारले थालेको सुशासनको अभियानले कुनै पनि हालतमा विश्राम नलिने बताएका छन् । राष्ट्रियसभाका आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत गृह मन्त्रालय शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले सुशासनलाई आत्मसात् गरेर सरकार अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

“सुशासन समृद्धिको पूर्वसर्त हो । सुशासनलाई आत्मसात् गरेर हामी अगाडि बढ्छौँ । सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखेर सरकार अगाडि बढ्छ”, उनले भने, “सुशासनका सन्दर्भमा सरकारले चालेको कदमलाई सिङ्गो देश र सदनले जुन समर्थन व्यक्त गरेको छ, त्यसको म उच्च मूल्याङ्कनसहित आभार व्यक्त गर्न चाहन्छु ।”

सामाजिक सञ्जाललाई मर्यादित र व्यवस्थित गर्न सरकारले कानुन बनाउँछ : मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले फेसबुक, ट्वीटर, युट्युबजस्ता सामाजिक सञ्जाललाई मर्यादित र व्यवस्थित गर्न सरकारले कानुन बनाउने बताएकी छन् ।

बिहीबार राष्ट्रिय सभा बैठकमा मन्त्रालयगत बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन बनाउने जानकारी दिएकी हुन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका केशव तुलाधर पक्राउ

काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयको टोलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँ असनका केशव तुलाधर रहेको काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

प्रधानमन्त्री दाहालका तीन दिनका औपचारिक कार्यक्रम स्थगित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको औपचारिक कार्यक्रम तीन दिन स्थगित गरिएको छ ।

हिजो पत्नी सीताको निधन भएपछि शोकमा परेका प्रधानमन्त्री दाहाल असार ३० गतेसम्म कुनैपनि औपचारिक गतिविधिमा सहभागी नहुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

कक्षा ११ मा छात्रवृत्तिका लागि काठमाडौँ महानगरबाट आवेदन आह्वान

काठमाडौं महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्ति लिन चाहने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन माग गरेको छ ।

काठमाडौं महानगरपालिका अन्तर्गतको शिक्षा विभागले आज एक सूचना जारी गरी महानगरभित्र सञ्चालित कक्षा ११ अध्यापन हुने संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८०–०८१ का लागि छात्रवृत्तिमा विद्यार्थी छनोटका लागि परीक्षाका लागि महानगरले आवेदन आह्वान गरेको हो ।

प्रकाशित मिति : २८ असार २०८०, बिहीबार  ९ : ०१ बजे

लिखित प्रस्तावमै ढकालले लेखे : मैले बिहे गर्ने कि कुमारै बस्ने पार्टीले निर्णय देओस्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले

सङ्खुवासभामा बाढीपहिरोबाट ४३ परिवार विस्थापित

किमाथांका– सङ्खुवासभामा मनसुनी वर्षा सुरु भएयता हालसम्म बाढीपहिरोका कारण ४३

चामलबिना पूजा किन पूर्ण भएको मानिँदैन?

काठमाडौं– हिन्दु धर्ममा सबै देवी-देवताको पूजामा चामलको प्रयोग विशेष रूपमा

‘केन्द्रीय सदस्यहरूले नमानेपछि रोकियो रास्वपाको प्रत्यक्ष प्रसारण’

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री डा. मुकुल

रास्वपा सुधार्न मुकुलको योजना : सबै केन्द्रीय सदस्यहरू दुई साता गुप्तवास बसौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका महासचिव मुलुक ढकालले पार्टी सुधार्ने आफ्ना