कूटनीतिक सम्बन्ध, प्रतिरक्षा, सुरक्षाका विषयमा बोल्दा संयमता अपनाऔँ : परराष्ट्रमन्त्री साउद « Khabarhub

कूटनीतिक सम्बन्ध, प्रतिरक्षा, सुरक्षाका विषयमा बोल्दा संयमता अपनाऔँ : परराष्ट्रमन्त्री साउद


२८ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले कूटनीतिक सम्बन्ध, देशको प्रतिरक्षा, सुरक्षाका विषयमा बोल्दा संयमता अपनाउन आग्रह गरेका छन् ।

बिहीबार बसेको राष्ट्रियसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले विभिन्न देशहरूसँगको कूटनीतिक सम्बन्ध, देशको प्रतिरक्षा, सुरक्षा र सेनाका विषयमा बोल्दा संवेदनशीलता र संयमता अपनाउन आग्रह गरेका हुन् ।

बजेट तथा कार्यक्रममाथिको छलफलका क्रममा पूर्वपरराष्ट्रमन्त्री विमला पौड्यालले ‘नेपाल असंलग्न परराष्ट्र नीतिबाट विचलित भएको हो कि’ भन्ने राखेको जिज्ञासाको जवाफ दिँदै मन्त्री साउदले असंलग्न परराष्ट्र नीतिअनुसार नेपालले सार्वभौमिक समानता, पारस्परिक सम्मान र लाभका आधारमा छिमेकीलगायत अन्य मुलुकसँगको सम्बन्धलाई सुदृढ र विस्तार गरिरहेको बताए ।

सबै देशसँग नेपालको सुमधुर रहेको दाबी गरेका उनले नेपालले परिपक्वताका साथ असंलग्न परराष्ट्र नीति अपनाएको बताए । नेपालले गुण र दोषका आधारमा अन्तर्राष्ट्रिय मुद्दामा स्वतन्त्र धारणा बनाउने र मतदान गर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २८ असार २०८०, बिहीबार  ५ : १३ बजे

आसिफ शेख अब लुम्बिनी लायन्समा

काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा ओपनर आसिफ शेख आगामी

ड्रागनफलमा ढुसीजन्य रोगको सङ्क्रमण, उत्पादनमा गिरावट

चितवन – चितवनमा व्यावसायिक रूपमा खेती गरिएको ड्रागन फल (सिउँडी

थप २४८ जना सहकारीपीडितले पाए रकम

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना

मुस्ताङमा बहुमूल्य हिमाली जडीबुटी तोराको संरक्षण र खेती विस्तार

मुस्ताङ – मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ झारकोटस्थित तोरा ताल क्षेत्रमा

त्रिवि उपकुलपति प्रा डा थापाद्वारा कार्यभार सुरु

काठमाडौं – त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिमा प्रा डा भोला थापाले