पुटिनले युक्रेनमा युद्ध हारेको अमेरिकी राष्ट्रपति बाइडेनको दाबी « Khabarhub

पुटिनले युक्रेनमा युद्ध हारेको अमेरिकी राष्ट्रपति बाइडेनको दाबी


२८ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकी राष्ट्रपति जो बाइडेनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा जारी युद्ध हारेको र रूससँग स्रोतको अभाव रहेको साथै आर्थिक सङ्कटमा परेको बताएका छन् ।

नर्डिक नेताहरूसँगको वार्तापछि हेलसिन्कीमा आयोजित पत्रकार सम्मेलनमा बाइडेनले भने, “पुटिनले युद्ध हारेका छन् । उनले युक्रेनको युद्ध जित्ने कुनै सम्भावना छैन ।” उनले युक्रेनी जवाफी हमलाले रूसलाई युद्ध अन्त्य गर्न वार्ताका लागि दवाव दिन सक्ने बाइडेनले बताए।

“युक्रेनले आफ्नो आक्रमणमा महत्वपूर्ण प्रगति गरेको छ र यसले वार्ताको माध्यमबाट समाधान निकाल्नेछ भन्ने मेरो आशा र विश्वास छ,” बाइडेनले पत्रकारहरूसँगको कुराकानीमा भने।

एक फरक प्रसङ्गमा उनले भने, “रूसी भाडाको सेनाको नेतृत्व गरेका प्रोगोजिनलाई बिषाक्त पदार्थ सेवन गराएर हत्या गर्ने प्रयास हुनसक्ने भएकोले यसप्रति सम्बन्धित सजग रहन सजग रहन आवश्यक हुन्छ ।”

उनले युक्रेनमा रूसले आणविक हतियार प्रयोग गर्नसक्ने सम्भावना रहेको पनि दाबी गरे ।

प्रकाशित मिति : २८ असार २०८०, बिहीबार  १० : २४ बजे

ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्

सर्लाही– सर्लाहीको बलरामा व्यवस्थित नहरको अभावमा ठूलो धनराशि खर्च गरेर

तीज कार्यक्रम स्थगन : बाढी प्रभावितलाई सहयोग

गण्डकी– रसुवाको भोटेकोशी नदीमा गत साता गएको विनाशकारी बाढीले मुलुक

एक वर्षअघिको खबरदारी, वर्तमानको विपत्ति

लेखकको उद्देश्य केवल सरकार र सरोकारवाला निकायलाई सचेत गराउनु मात्र

भोटेकोशी बाढी : ९२६ शवको व्यवस्थापन, १८ सय ६२ जनाको डीएनए सङ्कलन

काठमाडौँ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा