चुरे दोहनका कारण मधेश मरुभूमि बन्दैछ : कृषि मन्त्री भुसाल « Khabarhub

चुरे दोहनका कारण मधेश मरुभूमि बन्दैछ : कृषि मन्त्री भुसाल


२८ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– कृषि तथा पशुपक्षी विकास मन्त्री बेदुराम भुसालले चुरे दोहनले मधेशको उर्वर भूमि विस्तारै मरुभूमि बन्दै गएको बताएका छन् ।

ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना मधेश प्रदेशले आयोजना गरेको कार्यक्रममा सहभागी हुन पुगेका मन्त्री भुसालले मधेशमा चुरे दोहन मुख्य समस्या रहेको बताए ।

विशेषगरि धान उत्पादनमा यसको प्रभाव प्रत्यक्ष परेको बताउँदै चुरे हरियाली नभएसम्म तराइका जमिन बन्झर नै बनिरहने उनको तर्क छ ।

‘मधेशको प्राण मानिने चुरेको निरन्तर दोहनले कृषियोग्य भूमिहरु मरुभूमि बन्दै छन्,’ उनले भने, ‘अब चुरे बचाउनुको विकल्प नै छैन ।’ उनका अनुसार चुरे रहेसम्म मधेश रहने बताउँदै स्थानीय र सरोकारवालाहरू नै दोहन नियन्त्रण गर्न लाग्न ढिलाइ भइसकेको छ ।

पछिल्लो केही वर्ष यता मधेशमा चुरे दोहनकै कारण सिँचाइका नहरहरू सुकेका छन् भने खानेपानीको समस्या बढ्दै गएको छ ।

मधेशका जिल्लाहरूमा खानेपानी र सिँचाइको  हाहाकार नै बने पछि मधेशलाई सुख्खा क्षेत्र घोषणा गर्न सरोकारवालाहरूले माग गरेका थिए ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  ७ : २४ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका