आरोहण खेल सङ्घको अध्यक्षमा हरि धरेल निर्वाचित | Khabarhub Khabarhub

आरोहण खेल सङ्घको अध्यक्षमा हरि धरेल निर्वाचित


२८ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल आरोहण खेल सङ्घको छैटौँ अधिवेशनले अध्यक्ष हरि धरेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

सङ्घको वरिष्ठ उपाध्यक्ष रमेश पौडेल, उपाध्यक्षमा सुनारबहादुर गुरुङ, मनोनीत उपाध्यक्षमा ल्हाक्पा शेर्पा, महासचिवमा सन्तोष मादेन, सचिवमा सुजित कँडेल, सचिवमा सञ्जीव गुरुङ, कोषाध्यक्षमा कान्छी डोल्मा ह्योल्मो र सहकोषाध्यक्षमा प्रणीलमान श्रेष्ठ निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यहरूमा अशोक लामा, रामकाजी तिवारी, डोलेन्द्रराज दाहाल, मनराज सिंखडा, राजेश धरेल, मञ्जु गिरी, शिवबहादुर सापकोटा निर्वाचित भएका छन् ।

नवनिर्वाचित कार्यसमितिले प्रमुख सल्लाहकारमा गोविन्द भट्टराई र उपसल्लाहकार पीएन अधिकारीलाई मनोनीत गरेको छ । नवनिर्वाचित कार्यसमितिका सदस्यलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वसदस्यसचिव जीवनराम श्रेष्ठले खादा तथा अबिर लगाएर शुभकामना दिएका थिए ।

अधिवेशनको उद्घाटन गर्दै टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले खेलाडी राष्ट्रका गौरव र गहना भएकाले उनीहरूलाई पालिकाबाट प्रोत्साहन गरिने बताए।

उनले टोखा नगर क्षेत्रमा आरोहण पर्यटनको प्रवर्द्धनका लागि आवश्यक जग्गा उपलब्ध गराई अन्तर्राष्ट्रिय स्तरमा खेल पर्यटनको गन्तव्यस्थल बनाउन पहल गर्न लागिएको जानकारी दिए ।

नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले नेपालमा खेल पर्यटनको प्रशस्त सम्भावना रहेकाले यसको विकास र विस्तारमा राज्यले जोड दिनुपर्ने बताए ।

माउन्टेन स्पोर्ट्स फेडेरेसन नेपालका गोविन्द भट्टराईले खेल पर्यटनले प्रकृति र संस्कृतिलाई पनि जोड्ने हुँदा दिगो पर्यटन विकासका लागि राज्यले यस क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिए । 

राखेपका बोर्ड सदस्य प्रकाशकुमार कुसारीले विद्यालय र विश्वविद्यालयस्तरबाटै खेलाडी उत्पादनमा जोड दिन लागिएको र बैंक तथा वित्तीय संस्था एवं सङ्गठित संस्थाहरूलाई पनि सामाजिक उत्तरदायित्वअन्तर्गत खेल क्षेत्रमा लगानी गर्ने वातावरण निर्माण गरिएको बताए ।

सङ्घका अध्यक्ष धरेलले आरोहण खेललगायत विभिन्न साहसिक खेलको माध्यमबाट नेपालले ठूलो सङ्ख्यामा विदेशी पर्यटन भित्र्याउन सक्ने सम्भावना रहेकाले खेल पर्यटनलाई राज्यले ध्यान दिनुपर्ने बताउँदै आगामी दिनमा सङ्घले यसतर्फ रचनात्मक कार्य गर्ने प्रतिबद्धता जनाए । 

सन् २०१२ मा स्थापित नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसनअन्तर्गत सुदूरपश्चिम, कर्णाली, बागमती र गण्डकी प्रदेशमा समिति विस्तार भएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  १ : २७ बजे

प्रधानमन्त्रीबाट शंखधर साख्वाको प्रतिमामा माल्यार्पण

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति

एट्लेटिको माड्रिडको पोस्टमा आर्सनलको चार गोल

काठमाडौं – आर्सनलले एट्लेटिको माड्रिडमाथि सहज जित निकालेको छ। आर्सनलले

च्याम्पियन्स लिग : एर्लिङ चम्किँदा म्यानचेस्टरको सानदार जित

काठमाडौं – एर्लिङ हालान्ड चम्किँदा गएराति म्यानचेस्टर सिटीले भिल्लारियलविरुद्ध सानदार

आजदेखि नेपाल संवत् ११४६ प्रारम्भ

काठमाडौं – नेपाल सम्वत् ११४६ आज देशभर विविध कार्यक्रम आयोजना

नेपाल संवत् नेपाली गौरव, सभ्यता र परोपकारको प्रतीक हो : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले नेपाल संवत् नेपाली गौरव, सभ्यता