दुई दिनदेखि कालीगण्डकी करिडोर ठप्प « Khabarhub

दुई दिनदेखि कालीगण्डकी करिडोर ठप्प


२८ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

गलकोट, बागलुङ- राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालिगण्डकी करिडोरको बागलुङ खण्ड दुई दिनदेखि अवरुद्ध छ ।

निरन्तरको वर्षाले पहिरो झर्ने क्रम नरोकिएका कारण पहिरो पन्छाउन समस्या हुँदा सडक अवरुद्ध जारी रहेको हो । बागलुङ नगरपालिका–१० दब्ल्याङमा दुई दिनदेखि सडक अवरुद्ध भएको छ । बागलुङमा लगातारको वर्षाका कारण दक्षिण भेग जोड्ने सडक विच्छेद भएको हो ।

दब्ल्याङहुँदै बलेवा कुश्मिसेरा जाने सडकसमेत गए रातिदेखि बन्द छ । वर्षा नरोकिएका कारण सडक खुलाउन नसकिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए ।

करिडोरको दब्ल्याङमा यही साउन २६ गतेदेखि लगातार लेदो बगिरहेका कारण सवारी चल्न सकेका छैनन् । सडक अवरुद्ध हुँदा दुई दिनदेखि बागलुङको दक्षिण भेग जोड्ने बलेवा, जैमिनी नगरपालिका र बरेङ गाउँपालिका जिल्ला सदरमुकामसँगको सडक सञ्जालबाट टुटेको छ । दबल्याङको पहाड गहिरिएर पहिरो गएका कारण बलेवा, भकुण्डे, कुश्मिसेरा र बरेङ जाने सवारीसाधन अलपत्र परेका छन् ।

यस्तै बागलुङ बजारदेखि तित्याङ हुँदै भकुण्डे जाने सडकसमेत अवरुद्ध बनेको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  ३ : २२ बजे

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

काठमाडौं– यही भदौ १० गते भोटेकोशी नदीमा गएको अकल्पनीय बाढीका कारण

जेनजी आन्दोलनको एक वर्ष : शङ्कर पोखरेल भन्छन्- ‘घुसपैठ गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्छ’

काठमाडौँ – नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले गत वर्षको ‘जेनजी

रसुवा विपद्: श्रीमान्‌को खोजीमा १३ दिनदेखि कार्यालय धाउँदै पूजा

जनकपुरधाम – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका इन्जिनियर

पहिरोले महाकाली राजमार्ग अवरुद्ध

बैतडी – बैतडीको दोगडाकेदार गाउँपालिका–५ बिटकममा पहिरो खस्दा महाकाली राजमार्ग

जेनजी आन्दोलनको एक वर्ष : सरकारलाई ‘सही ट्रयाकमा फर्किन’ चेतावनी

काठमाडौँ – जेनजी मुभमेन्ट नेपालले जेनजी आन्दोलनको एक वर्ष पूरा