चिकित्सा शिक्षा ऐन परिमार्जन गर्नुपर्ने माग राख्दै स्वास्थ्यकर्मीहरु आन्दोलित « Khabarhub

चिकित्सा शिक्षा ऐन परिमार्जन गर्नुपर्ने माग राख्दै स्वास्थ्यकर्मीहरु आन्दोलित


२८ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चिकित्सा शिक्षा ऐन परिमार्जन गर्नुपर्ने माग गर्दै स्वास्थ्यकर्मीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

वर्तमान चिकित्सा शिक्षा ऐन निरंकुश र स्वेच्छाचारी रहेकाले ऐन परिमार्जन गर्नुपर्ने माग गर्दै चिकित्सा शिक्षा सरोकार संघर्ष समितिको अगुवाइमा स्वास्थ्यकर्मीले आइतबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् ।

उनीहरुले विश्ववद्यालय, प्रतिष्ठान, सीटीईभीटी लगायतको स्वायतत्तामाथिको हस्तक्षेप बन्द गर्नुपर्ने, स्तरोन्नती गर्न बाँकी रहेका संस्थाहरुमा तत्काल भर्ना खोल्नुपर्ने माग गरेका छन् ।

प्रदर्शनमा सहभागीहरुले चिकित्सा शिक्षा आयोग खारेज गर्नुपर्ने भन्दै नाराबाजीसमेत गरेका थिए ।

चिकित्सा शिक्षा सरोकार संघर्ष समितिका सहसंयोजक भुवनचन्द्र जोशीले चिकित्सा शिक्षा ऐनका प्राविधिक शिक्षा र चिकित्सा शिक्षामा समस्या देखिएका आन्दोलन गर्न बाध्य भएको बताए ।

उनले चिकित्सा शिक्षा ऐनका कारण चिकित्सा शिक्षा पठाउने शिक्षालय बन्द हुन पुगेको र आयोगले हस्तक्षेप गर्दा सीटीईभीटी मातहतका नर्सिङ कलेजहरु बन्द हुन पुगेको उल्लेख गरे ।

आयोगले समयमा नै समाधानको उपाय ननिकाले स्वास्थ्यकर्मीहरुको अभाव हुन सक्ने उनले बताए ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  ३ : २८ बजे

चर्को गर्मी, कठिन छायाङ्कन र विद्रोही चरित्र : नानाको अन्तिम फिल्मको कथा

काठमाडौं– बलिउडमा आफ्नो दमदार अभिनय र फरक चरित्रका कारण परिचित

प्रतिकूल मौसमले दोलखाका धान किसान चिन्तित, भित्र्याउन चटारो

दोलखा– मुख्य बाली धान भित्र्याउने समयमै मौसम प्रतिकूल बनेपछि दोलखाका

चितवनमा खैरो हेरोइनसहित तीन जना पक्राउ

नारायणगढ –  चितवनमा ४६ ग्रामभन्दा बढी खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित

लोकेशको विष्फोटक ब्याटिङमा विराटनगरले कर्णालीलाई दियो १ सय ८७ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

अफगानिस्तानमा मानव तस्करीको प्रयासबाट १२७ जनाको उद्धार

एजेन्सी– अफगानिस्तानको पश्चिमी निमरोज प्रान्तमा प्रहरीले मानव तस्करीको प्रयासबाट १२७