कांग्रेस बैठकमा सुनिल शर्मा : गृहमन्त्रीको राजीनामाबाट ब्याक हुन्न « Khabarhub

कांग्रेस बैठकमा सुनिल शर्मा : गृहमन्त्रीको राजीनामाबाट ब्याक हुन्न


२८ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सांसद सुनिल शर्माले सुन तस्करी प्रकरणलाई लिएर उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्नबाट आफू पछि नहट्ने बताएका छन् ।

आइतबार बसेको काग्रेस संसद दलको बैठकमा उनले आफू गृहमन्त्रीको राजीनामाको अडानबाट ब्याक नहुने बताएका हुन् ।

एक क्विन्टल सुन बरामद भएको विषयलाई लिएर संसदमै उनले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेका थिए । पछि पनि लगातार उनले गृहमन्त्री र अर्थ मन्त्रीले राजीनामा दिनुपर्ने बताउँदै आएका थिए ।

उनले भने, ‘अब गृहमन्त्रीको राजीनामाबाट म ब्याक हुन सक्दिनँ । अर्थमन्त्रीबारे सोच्नसक्छु ।’ उनले सुन प्रकरणलाई लिएर गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्दै आएका थिए ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  ५ : ३१ बजे

नेकपाको जागरण अभियान सुरु

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले दुई महिने राष्ट्रिय जागरण अभियान

स्टारलिङ्कले सेवा सुधार्‍यो : युक्रेन

किभ- युक्रेनी सेनाका लागि महत्वपूर्ण मानिने स्पेसएक्सको स्याटेलाइट सञ्चार सञ्जाल

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

काठमाडौँ- बडादसैँ अवधिमा काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन

मुस्ताङमा बढ्दै पर्यटकीय चहलपहल

मुस्ताङ- दसैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको छ

किम जोङ उन चीन भ्रमणमा

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका