कांग्रेसका अधिकांश सांसदहरु सुन तस्करी प्रकरणमा निष्पक्ष छानबिन समिति बनाउनुपर्ने पक्षमा « Khabarhub

कांग्रेसका अधिकांश सांसदहरु सुन तस्करी प्रकरणमा निष्पक्ष छानबिन समिति बनाउनुपर्ने पक्षमा


२८ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका अधिकांश सांसदहरुले सुन तस्करी प्रकरणमा निष्पक्ष छानबिन समिति बनाउनुपर्नेमा जोड दिएका छन् ।

संसद भवन नयाँ बानेश्वरमा आइतबार बसेको कांग्रेस सांसदीय दलको बैठकमा धारणा राख्ने अधिकांश सांसदहरुले क्विन्टल सुन तस्करी प्रकरण सामान्य नभएको भन्दै निष्पक्ष छानबिन समिति बनाउनुपर्नेमा जोड दिएका हुन् । बैठकमा कांग्रेस सांसदहरु डा. शेखर कोइराला, प्रदीप पौडेललगायतका नेताहरु निष्पक्ष छानबिन समितिको पक्षमा उभिएका थिए ।

आइतबारसम्म दलको बैठकमा ५० जना सांसदहरुले धारणा राखेका थिए । सोमबार ११ बजे पुनः संसदीय दलको बैठक बस्ने र आवश्यक निर्णय गरिने कांग्रेस मुख्य सचेतक रमेश लेखकले जानकारी दिए । बैठकमा सरकार परिवर्तनका विषयमा कुनै छलफल नभएको उनले बताए । बैठकमा धेरै विषयमा धारणा आएको भन्दै सबै विषयहरुलाई समेटेर सोमबार उचित निर्णय लिइने लेखकले जानकारी दिए ।

त्यस्तै, बैठकपछि कांग्रेस सांसद एवं अर्थमन्त्री डा. प्रकाशशरण महतले सुन प्रकरणको छानबिनका विषयमा धारणा राखेको जानकारी दिए । उनले सत्तामा नरहेका कारण एमालेले लगातार सदन अवरुद्ध गरेको जिकिर गरे । उनले सदनबाटै सबै विषयको हल हुनसक्ने भएकाले सदन सुचारु गर्न गम्भीर हुनुपर्ने उल्लेख गरे ।

त्यस्तै, कांग्रेस सांसद प्रदीप पौडेलले सुन तस्करीका विषयमा कुनै संयन्त्र बनाउनुपर्छ भन्नेमा अधिकांशको जोड रहेको बताए । अध्यागमन र सुरक्षा निकाय नमिलेसम्म क्विन्टल सुन भन्सारबाट बाहिरिन नसक्ने अवस्थामा छानबिनमा पनि उत्साह नदेखाएकाले राजनीतिक नेतृत्वप्रति पनि आशंका गर्नुपर्ने अवस्था सिर्जना भएको उनले बताए ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  ६ : २७ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज