कांग्रेसका अधिकांश सांसदहरु सुन तस्करी प्रकरणमा निष्पक्ष छानबिन समिति बनाउनुपर्ने पक्षमा « Khabarhub

कांग्रेसका अधिकांश सांसदहरु सुन तस्करी प्रकरणमा निष्पक्ष छानबिन समिति बनाउनुपर्ने पक्षमा


२८ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका अधिकांश सांसदहरुले सुन तस्करी प्रकरणमा निष्पक्ष छानबिन समिति बनाउनुपर्नेमा जोड दिएका छन् ।

संसद भवन नयाँ बानेश्वरमा आइतबार बसेको कांग्रेस सांसदीय दलको बैठकमा धारणा राख्ने अधिकांश सांसदहरुले क्विन्टल सुन तस्करी प्रकरण सामान्य नभएको भन्दै निष्पक्ष छानबिन समिति बनाउनुपर्नेमा जोड दिएका हुन् । बैठकमा कांग्रेस सांसदहरु डा. शेखर कोइराला, प्रदीप पौडेललगायतका नेताहरु निष्पक्ष छानबिन समितिको पक्षमा उभिएका थिए ।

आइतबारसम्म दलको बैठकमा ५० जना सांसदहरुले धारणा राखेका थिए । सोमबार ११ बजे पुनः संसदीय दलको बैठक बस्ने र आवश्यक निर्णय गरिने कांग्रेस मुख्य सचेतक रमेश लेखकले जानकारी दिए । बैठकमा सरकार परिवर्तनका विषयमा कुनै छलफल नभएको उनले बताए । बैठकमा धेरै विषयमा धारणा आएको भन्दै सबै विषयहरुलाई समेटेर सोमबार उचित निर्णय लिइने लेखकले जानकारी दिए ।

त्यस्तै, बैठकपछि कांग्रेस सांसद एवं अर्थमन्त्री डा. प्रकाशशरण महतले सुन प्रकरणको छानबिनका विषयमा धारणा राखेको जानकारी दिए । उनले सत्तामा नरहेका कारण एमालेले लगातार सदन अवरुद्ध गरेको जिकिर गरे । उनले सदनबाटै सबै विषयको हल हुनसक्ने भएकाले सदन सुचारु गर्न गम्भीर हुनुपर्ने उल्लेख गरे ।

त्यस्तै, कांग्रेस सांसद प्रदीप पौडेलले सुन तस्करीका विषयमा कुनै संयन्त्र बनाउनुपर्छ भन्नेमा अधिकांशको जोड रहेको बताए । अध्यागमन र सुरक्षा निकाय नमिलेसम्म क्विन्टल सुन भन्सारबाट बाहिरिन नसक्ने अवस्थामा छानबिनमा पनि उत्साह नदेखाएकाले राजनीतिक नेतृत्वप्रति पनि आशंका गर्नुपर्ने अवस्था सिर्जना भएको उनले बताए ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  ६ : २७ बजे

नेपाल-भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल-भारतबीचको सम्बन्धलाई नयाँ शिराबाट थप विस्तार

तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस

काठमाडौं– काठमाडौं महानगरपालिकाले शैक्षिक २०८३-८४ का लागि कक्षा ११ र

दक्षिण सुडानमा द्वन्द्व चर्किँदा तीन लाखभन्दा बढी विस्थापित

काठमाडौं – दक्षिण सुडानको पूर्वी जोङ्लेई राज्यमा जारी द्वन्द्व र असुरक्षाका कारण

संसदमा कुस्ती खेल्ने सांसदलाई मनोविदका ५ सुझाव : माइण्ड मेकअपदेखि सात्विक आचरणसम्म

काठमाडौं- लोकतान्त्रिक व्यवस्थामा संसद् केवल कानुन निर्माण गर्ने थलो मात्र

सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छ : प्रदेश प्रमुख मियाँ

गोदावरी– सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले सुदूरपश्चिमको समग्र विकासका लागि