कसैले माग्दैमा गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुहुन्न : मन्त्री ज्वाला | Khabarhub Khabarhub

कसैले माग्दैमा गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुहुन्न : मन्त्री ज्वाला


२८ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले कसैले माग्दैमा गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा नदिने स्पष्ट पारेका छन् ।

रिपोर्टर्स क्लब नेपालले आइतबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा मन्त्री ज्वालाले सरकारले अहिले भ्रष्टाचारको विरुद्धमा र सुशासनको पक्षमा निर्ममतापूर्वक काम गरेको भन्दै यस्तो बेलामा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्नुको कुनै तुक र अर्थ नहुने स्पष्ट पारेका हुन् । वर्तमान सत्ता–गठबन्धन संसद्को पूरा अवधिसम्म कायमै रहने उनले बताए ।

उनले एक क्विन्टल सुन तस्करीबारे सीआईबीले छानबिन गरिरहेको उल्लेख गर्दै अनुसन्धान जरैसम्म पुग्ने र दोषीहरुमाथि कारबाही हुने दाबी गरे । नक्कली भुटानी शरणार्थी प्रकरणदेखि सुन तस्करीसम्मको कुरा गर्दा, सरकारले दोषी नछुट्ने र निर्दोष नफस्ने ढंगले अनुसन्धान गरिरहेको उनको भनाइ छ । यस्तै, ललिता निवास प्रकरणमा माधव नेपाल निर्दोष रहेको मन्त्री ज्वालाले दाबी गरे ।

मन्त्री ज्वालले निर्माण व्यवसायीहरुको आन्दोलनप्रति सरकारको ध्यानाकार्षण भएको र माग पूरा गर्नतर्फ लागेको स्पष्ट पारे । निर्माण व्यवसायीहरुको भुक्तानीको मागको विषय जायज भएको उनले बताए ।

उनले आफू मन्त्रालयमा आएपछि भौतिक पूर्वाधार र यातायात दुवै क्षेत्रमा राम्रो काम गरेको जिकिर गरे । उनले यातायात व्यवस्थामा अस्तव्यस्तता रहेको स्विकार गर्दै सो क्षेत्रमा पनि सुधारका कार्यक्रम अघि बढाएको जानकारी दिए ।

 

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  ६ : ४७ बजे

पर्यटनमन्त्रीद्वारा विदेशी पर्यटकलाई स्वागत

काठमाडौँ– विश्व पर्यटन दिवसका अवसरमा नेपाल आउने  विदेशी पर्यटकलाई स्वागत

टोखामा असोज १४ देखि २१ गतेसम्म राजस्व सप्ताह हुँदै

काठमाडौँ– काठमाडौँको टोखा नगरपालिकाले यही असोज १४ देखि २१ गतेसम्म

आज तरकारी तथा फलफूलको मूल्य कति ? 

काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य

कोशीमा साउनयता डेङ्गुबाट १७ जनाको मृत्यु, तीस हजार बढी सङ्क्रमित

झापा– डेङ्गु सङ्क्रमणबाट कोशी प्रदेशमा गत साउनदेखि हालसम्ममा १७ जनाको

अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा नेपालको तीन कीर्तिमान, मंगोलिया २७३ रनले पराजित

काठमाडौँ– चीनमा जारी १९औँ एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपालले