कसैले माग्दैमा गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुहुन्न : मन्त्री ज्वाला « Khabarhub

कसैले माग्दैमा गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुहुन्न : मन्त्री ज्वाला


२८ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले कसैले माग्दैमा गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा नदिने स्पष्ट पारेका छन् ।

रिपोर्टर्स क्लब नेपालले आइतबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा मन्त्री ज्वालाले सरकारले अहिले भ्रष्टाचारको विरुद्धमा र सुशासनको पक्षमा निर्ममतापूर्वक काम गरेको भन्दै यस्तो बेलामा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्नुको कुनै तुक र अर्थ नहुने स्पष्ट पारेका हुन् । वर्तमान सत्ता–गठबन्धन संसद्को पूरा अवधिसम्म कायमै रहने उनले बताए ।

उनले एक क्विन्टल सुन तस्करीबारे सीआईबीले छानबिन गरिरहेको उल्लेख गर्दै अनुसन्धान जरैसम्म पुग्ने र दोषीहरुमाथि कारबाही हुने दाबी गरे । नक्कली भुटानी शरणार्थी प्रकरणदेखि सुन तस्करीसम्मको कुरा गर्दा, सरकारले दोषी नछुट्ने र निर्दोष नफस्ने ढंगले अनुसन्धान गरिरहेको उनको भनाइ छ । यस्तै, ललिता निवास प्रकरणमा माधव नेपाल निर्दोष रहेको मन्त्री ज्वालाले दाबी गरे ।

मन्त्री ज्वालले निर्माण व्यवसायीहरुको आन्दोलनप्रति सरकारको ध्यानाकार्षण भएको र माग पूरा गर्नतर्फ लागेको स्पष्ट पारे । निर्माण व्यवसायीहरुको भुक्तानीको मागको विषय जायज भएको उनले बताए ।

उनले आफू मन्त्रालयमा आएपछि भौतिक पूर्वाधार र यातायात दुवै क्षेत्रमा राम्रो काम गरेको जिकिर गरे । उनले यातायात व्यवस्थामा अस्तव्यस्तता रहेको स्विकार गर्दै सो क्षेत्रमा पनि सुधारका कार्यक्रम अघि बढाएको जानकारी दिए ।

 

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  ६ : ४७ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा