नक्कली चिकित्सकसँग बाबुको नामबाहेक सबै विवरण मिल्दा सक्कली चिकित्सक नै सीआईबीको फन्दामा « Khabarhub

नक्कली चिकित्सकसँग बाबुको नामबाहेक सबै विवरण मिल्दा सक्कली चिकित्सक नै सीआईबीको फन्दामा


२८ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नक्कली चिकित्सक भनेर पक्राउ परेका व्यक्ति सक्कली चिकित्सक भएको पाइएको छ ।

सीआईबीले नक्कली प्रमाणपत्र लिएका चिकित्सकविरुद्ध सञ्चालन गरेको ‘अपरेसन फोक्स्ट्रोट चार्ली ’ अभियानका क्रममा महोत्तरी पिपराका डा रञ्जितकुमार यादव पनि पक्राउ परेका थिए । यद्यपि उनी सक्कली डाक्टर भएको पाइएको हो ।

नक्कली चिकित्सकका बाबुको नामबाहेक सबै विवरण हुबहु मिल्न गएपछि डा. यादव पक्राउ परेको बताइएको छ । नक्कली चिकित्सकसँग नाम, थर र ठेगाना सबै मिलेका कारण उनी पक्राउ परेका हुन् ।

सीआईबीले सञ्चालन गरेको कारवाहीका क्रममा नेपाली कांग्रेसका सांसद समेत रहेका डा. सुनील शर्मासहित ८ जना पक्राउ परेका थिए । यद्यपि अदालतको आदेशसँगै डा. शर्मा रिहा भइसकेका छन् ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  ७ : ५३ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले