सिनेमाबाट राजनीतिमा आएकी जयाप्रदालाई ६ महिनाको जेल सजाय « Khabarhub

सिनेमाबाट राजनीतिमा आएकी जयाप्रदालाई ६ महिनाको जेल सजाय


२८ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

चेन्नई- अभिनेत्रीबाट राजनीतिज्ञ बनेकी जयाप्रदालाई चेन्नईको एक अदालतले ६ महिनाको जेल सजाय सुनाएको छ । यो मुद्दा रोयापेट्टामा रहेको उनको आफ्नै थिएटरसँग सम्बन्धित छ, जहाँ कर्मचारीहरूले उनीविरुद्ध निवेदन दिएका थिए । अदालतले यस सम्बन्धमा जयाप्रदालाई ५ हजार रुपैयाँ जरिवानासमेत गरेको छ ।

जयको यो थिएटर उनको व्यापारिक साझेदार राम कुमार र राजा बाबुले हेर्ने गरेका थिए । थिएटरले आफ्ना कर्मचारीहरूलाई ईएसआई (कर्मचारी राज्य बीमा निगम) दिन नसकेपछि सबै कर्मचारी अदालत गएका थिए ।

यद्यपि जयाप्रदाले मुद्दा खारेज गर्न अदालतमा अपील गर्दै आफ्ना कर्मचारीहरूलाई पूरा रकम दिने वाचा गरेकी थिइन् । तर, श्रम सरकारी बीमा संस्थानका वकिलले उनको अपीलमा आपत्ति जनाएका थिए ।

यो मुद्दामा जयप्रदा र यस थिएटरसँग सम्बन्धित अन्य तीन जनालाई ६ महिनाको जेल सजाय सुनाइएको छ । सबैलाई ५ हजार जरिवाना समेत तिर्न भनिएको छ । तर, अहिलेसम्म यस मुद्दामा जयप्रदा पक्राउ परेकी छैनन् ।

जया ७० र ८० को दशकमा बलिउड र तेलुगु सिनेमाको प्रतिष्ठित स्टार थिइन् । इन्डस्ट्रीमा उनलाई श्रीदेवीजस्ता महिला सुपरस्टारसँग तुलना गरिन्थ्यो । दुवै एक अर्काका प्रतिस्पर्धी थिए ।

बलिउडमा जयाले तोहफा, शराबी, आखरी रास्ता, आज का अर्जुन र थानेदार जस्ता धेरै हिट फिल्म दिएकी थिइन् । उनले सन् १९९४ मा चलचित्र छोडेर राजनीतिमा लागेकी थिइन् ।

जयाप्रदाले समाजवादी पार्टीबाट दुई पटक लोकसभामा रामपुरबाट प्रतिनिधित्व गरिसकेकी छिन् । उनी सन् २००४ र २००९ मा रामपुर सिटबाट सांसद निर्वाचित भएकी थिइन् । यसपछि उनले २०१४ र २०१९ मा रामपुर सिटबाट पुनः चुनाव लडिन् तर दुवै पटक पराजित भएकी थिइन् ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  ८ : ०३ बजे

रियाद विमानस्थलमा हुथी आक्रमणपछि साउदी अरबद्वारा हवाई रक्षा प्रणालीमाथि अनुसन्धान

एजेन्सी– साउदी अरबले राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको

मुस्ताङबाट हालसम्म ३० प्रतिशत मात्र स्याउ निकासी

मुस्ताङ– हालसम्म मुस्ताङमा उत्पादित ३० प्रतिशतमात्रै स्याउ जिल्ला बाहिर निकासी

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

राँझा– चारैतिर दसैँको रौनकता छाएका बेला बाँकेका किसानलाई भने यतिबेला

सशस्त्र प्रहरीका कर्मचारीलाई राहत रकम हस्तान्तरण

काठमाडौं– सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका आश्रित परिवार र अवकाशप्राप्त

चार महिनापछि गुल्मीमा हवाई सेवा सञ्चालन

गुल्मी– रेसुङ्गा विमानस्थलको हवाई सेवा आजबाट पुनः सञ्चालनमा आएको छ ।