हुम्लामा जहाज नजाँदा इमेलमा पठाएको प्रश्नपत्रबाट परीक्षा « Khabarhub

हुम्लामा जहाज नजाँदा इमेलमा पठाएको प्रश्नपत्रबाट परीक्षा


२८ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – नेपालगन्जबाट हुम्ला जहाज नजाँदा त्यहाँ आज हुने परीक्षाको प्रश्नपत्र पुगाउन निकै समस्या भएको थियो। नागरिक उड्डयन प्राधिकरणले साउन १२ गते शुक्रबारदेखि नयाँ उडान तालिका निकालेपछि हुम्लामा जहाज नउड्दा प्रश्न पत्र ढुवानी कार्य रोकिएको हो।

राष्ट्रिय सडक सञ्जालसँग समेत नजोडिएको हुम्लाको एक मात्र यातायात हवाई हो।उडान नहुँदा त्रिभुवन विश्वविद्यालयले तोकेको समयमा प्रश्नपत्र नपुगेपछि आइतबार बिए र बिएड दोस्रो वर्षका विद्यार्थीलाई इमेलमार्फत प्रश्नपत्र मागेर ४५ मिनेट ढिला परीक्षा सुरु भएको मानसरोवर बहुमुखी क्याम्पसका प्रमुख दीपक भण्डारीले बताए। इमेलमा गएको प्रश्नपत्र फोटोकपी गरी ४५ मिनेट ढिला मात्रै परीक्षा सञ्चालन गरिएको भण्डारीले बताए।

आइतबार बिएतर्फ कोड नम्बर ४०२ भएका विषय र बिएडतर्फ शैक्षिक मनोविज्ञान ४२१ को परीक्षा थियो। क्याम्पस प्रमुख भण्डारीका अनुसार मानसरोवर बहुमुखी क्याम्पसबाट ७३ परीक्षार्थी उपस्थित थिए।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  ८ : २९ बजे

कांग्रेसले दुई दिनभित्रै नयाँ क्रियाशील सदस्यता फारम सबै जिल्लामा पुर्‍याउने

काठमाडौँ– नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता फारम दुई दिनभित्र देशैभर

तेह्र वर्षमा २१ लाख बिरामीको उपचार

भक्तपुर – दिव्य शताब्दी पुरुष १०२ वर्षीय डा गौरीशङ्कर लाल

भियतनाममा युटिआर अन्तरराष्ट्रिय टेनिस खेल्दै अभिषेक

कास्की – पोखरेली टेनिस खेलाडी अभिषेक बास्तोलाले नेपालको प्रतिनिधित्व गर्दै

महिला भलिबल प्रतियोगिताः एपिएफ र न्यु डायमन्ड विजयी

झापा – आजदेखि सुरु भएको राष्ट्रिय खुला महिला भलिबल प्रतियोगितामा

दोलखा र जुम्लाको तापक्रम माइनसमा

काठमाडौं- नेपालमा क्रमशः चिसो बढ्दै गइरहेका बेला बुधबार दुई जिल्लाको