कैदी मृत्यु प्रकरण: चौधरीलाई पाँच दिन थुनामा राख्न अनुमति « Khabarhub

कैदी मृत्यु प्रकरण: चौधरीलाई पाँच दिन थुनामा राख्न अनुमति


२८ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


516
Shares
  • change font
  • change font
  • change font

संखुवासभा – संखुवासभामा कारागारभित्रै दुई जना कैदीको मृत्यु भएको घटनामा पक्राउ परेका प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरीलाई पाँच दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।

पक्राउ परेका चौधरीलाई जिल्ला अदालत संखुवासभाले पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनमुति दिएको हो।

साउन २४ गते बिहान जिल्ला कारागार संखुवासभामा विनोद तोलाङी र विकास श्रेष्ठ भनिने आकाश बलामीको मृत्यु भएको थियो ।

मृतकका आफन्तले जिल्ला प्रहरी कार्यालयमा दिएको किटानी जाहेरीका आधारमा जिल्ला अदालत संखुवासभाले कारागार प्रमुख (जेलर) राजेन्द्र घिमिरे र असई लक्ष्मी चौधरीविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

असई चौधरी पक्राउ परेपनि जेलर घिमिरे भने पक्राउ परेका छैनन्।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  ९ : १६ बजे

थाइल्यान्ड रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो

थाइल्यान्ड – थाइल्यान्डमा चीन समर्थित उच्च गतिको रेल परियोजनामा बुधबार

माघे सङ्क्रान्ति नेपाली समाजमा किन प्रचलित छ ?

काठमाडौं– माघे सङ्क्रान्ति नेपाली समाजमा गहिरो सांस्कृतिक, धार्मिक र सामाजिक

माघेसङ्क्रान्ति मेला भर्न देवघाटमा भक्तजनको भीड

तनहुँ– तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थल देवघाटधाममा माघेसङ्क्रान्ति मेला भर्न

मौलिकता जोगाउन सके मात्रै नेपालीपनको रक्षा गर्न सकिन्छ : राष्ट्रियसभा उपाध्यक्ष घिमिरे

काठमाडौं– राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले मौलिकता जोगाउन सके मात्रै नेपालीपनको

बालेनको माघी शुभकामना- सय थरि बाजा एउटै ताल…

काठमाडौं – काठमाडौं महानगरपालिका प्रमुख एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ