सुन प्रकरणबारे सीआईबीमा नै पुगेर बयान दिन तयार छु : महरा « Khabarhub

सुन प्रकरणबारे सीआईबीमा नै पुगेर बयान दिन तयार छु : महरा


२८ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले सुन प्रकरणबारे सीआईबीमा नै पुगेर बयान दिन तयार रहेको बताएका छन् ।

आइतबार प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको माओवादी पदाधिकारी बैठकमा सुन प्रकरणमा महराको नाम जोडिएर आएका समाचारबारे कुरा उठेपछि उनले उनले आफू सीआईबीलाई बयान दिन तयार रहेको बताएका हुन् ।

उनले भने, भ्रष्टाचारविरोधी पार्टीको अभियानमा मेरो पनि साथ छ । सुन प्रकरणमा मलाई अनावश्यक रुपमा जोडिएको छ। आवश्यक परे सीआईबीमा नै पुगेर बयान दिन तयार छु ।’

बैठकमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुन भित्र्याउने समूहसँगको सम्बन्धबारे प्रष्ट पार्न महरालाई आग्रह गरेका थिए । उनले सुन प्रकरणमा माओवादीका नामबाट जोडिएका सबैमाथि छानबिन हुने बताएको बैठकमा सहभागी एक नेताले बताए ।

‘कहिले कृष्णबहादुर महराजी जोडिएको भनेर समाचार आउँछ, कहिले को नेता जोडिएको भनेर प्रचार हुन्छ । सबैलाई ल्याएर अनुसन्धान गर्ने सरकारको तयारी छ । दोषी भए जेल जान पनि तयार हुनुहोस्’ बैठकमा प्रचण्डले भनेका थिए ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  ९ : ४२ बजे

फिल्म सिरिज : सिक्वेलबाट चम्किएका कलाकार

काठमाडौं – सिक्वेलमा फिल्मको कथा पहिलो भागमा जहाँबाट अन्त्य भएको

कक्षा १२ को परीक्षा आजदेखि सुरु (तस्बिरसहित)

काठमाडौँ– माध्यमिक तह कक्षा १२ को परीक्षा आजदेखि सुरु भएको

विश्वकप लिग-२ : आज कीर्तिपुरमा भिड्दै ओमान र यूएई

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज यूएई

दुई लाख पुरस्कारको महिला फुटबल प्रतियोगिता आयोजना हुने

कैलाली– युथ अफ टीकापुरले खुला महिला फुटबल प्रतियोगिता आयोजना गर्ने

बागलुङका एक सय बढी झोलुङ्गे पुल प्रयोगविहीन

बागलुङ– बागलुङको काठेखोला गाउँपालिका–२ भिमपोखरा र वडा नम्बर ४ तङ्ग्राम