काठमाडौँमा खुला दूध बिक्री गर्न रोक लगाउने तयारी « Khabarhub

काठमाडौँमा खुला दूध बिक्री गर्न रोक लगाउने तयारी


२८ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


429
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ महानगरपालिका (कामपा) ले खुला दूध प्लाष्टिकमा हालेर बिक्री वितरण गर्न रोक लगाउने भएको छ ।

कामपाले खुलारूपमा दूध प्लाष्टिकमा हालेर रबरले बाँधेर बेच्ने काम मापदण्डविपरीत रहेको भन्दै उक्त कार्य तत्काल रोक्ने जनाएको हो ।

पछिल्लो समय बजारलाई थप व्यवस्थापन गर्नका लागि भन्दै नियमितरूपमा अनुगमन गर्ने तयारी गरिरहेको कामपाले विषेशगरी खुलारूपमा बेचिने खानेकुरा, पेयपदार्थ, तरकारी र फलफूलको बजारमा निगरानी बढाउने कामपाका उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिए ।

उनका अनुसार बर्खायाममा पानीसँगै फैलिने सङ्क्रामक रोग फैलिन नदिन बजारमा हुने व्यापारिक क्रियाकलापको अनुगमनका लागि तत्काल टोली परिचालित हुनेछ ।

“माछामासु, पानी, दूधजस्ता दैनिक उपभोग्य खाद्य तथा पेय पदार्थबाट चाँडो सङ्क्रमण फैलिन्छ । यसको स्रोत मासु पसल, दूध डेरी, तरकारी तथा फलफूल पसल हुन्”, उनले भने, “अनुगमन गर्नु भनेको सचेत गराउने र सुधारको मौका दिने पनि हो । मौका दिँदा पनि सुधार नगर्नेलाई कानूनी र प्रशासनिक कारबाहीको दायरामा ल्याउनुपर्छ ।”

त्यसैगरी पानीपुरी, चटपटेजस्ता खानेकुरामा उपभोक्ता झुम्मिने गरेको भन्दै यस्ता खानेकुराबाट हैजालगायत रोग छिट्टै सर्ने भएकाले निश्चित अवधिका लागि बेचबिखनमा रोक लगाउने तयारीसमेत कामपाको रहेको छ ।

चालु आर्थिक वर्षमा कामपाले आफ्नो क्षेत्राधिकारभित्र पर्ने स्थानमा व्यक्तिगत तथा संस्थागत भान्छालाई स्वस्थकर बनाई आरोग्यता कायम गर्न ‘स्वच्छ भान्छा’ कार्यक्रमका लागि रु तीन करोड ५० लाख विनियोजन गरेको छ । कामपाको समग्र स्वास्थ्य कार्यक्रमका लागि भने कूल रु ९२ करोड ६६ लाख ४४ हजार विनियोजन गरेको छ ।

स्थानीय तहमा उपप्रमुखको संयोजकत्वमा उपभोक्ता अधिकार तथा बजार व्यवस्था अनुगमन समितिको व्यवस्था गरिएको छ । कार्यपालिकाअन्तर्गतका विषयगत समितिले गरेका काम, स्वीकृत वार्षिक कार्यक्रमको अनुगमन उपप्रमुखको संयोजकत्वमा रहेको समितिले गर्छ ।

उपप्रमुखको संयोजकत्वमा रहेको बजेट तथा कार्यक्रम तर्जुमा समितिले पेस गरेर नगरसभाबाट पारित भएका कार्यक्रमको अनुगमन उपप्रमुखकै संयोजकत्वमा रहेको अनुगमन तथा सुपरीवेक्षण समितिले गर्ने व्यवस्था रहेको छ । सुपरीवेक्षण समितिको कामको समन्वय एकाइले गर्छ ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  ९ : ४८ बजे

निर्वाचन आयोगमा प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूविरुद्ध उजुरी आह्वान

काठमाडौँ– संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र

१०८ धाराले आकर्षक बन्दै सुनसरीको रामधुनी मन्दिर

सुनसरी– सुनसरीको रामधुनी नगरपालिका- ४ स्थित ऐतिहासिक तथा धार्मिक महत्व

कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा, सुकुमवासीको बिजोग (तस्बिरहरू)

कीर्तिपुर– अविरल वर्षापछि बागमती नदीको बहाव बढ्दा काठमाडौँको कीर्तिपुर नगरपालिका–१०

चितवनमा मोबाइल नेटवर्क विस्तार

चितवन– नेपाल टेलिकमले चितवनका विभिन्न क्षेत्रमा मोबाइल तथा इन्टरनेट सेवाको

गर्मी छल्न रिगताल क्षेत्रमा पर्यटक बढ्दै

बागलुङ– हिजोआज दैनिकजसो रिगताल परिसरमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ