अवरुद्ध पृथ्वी राजमार्ग दुईतर्फी खुल्यो « Khabarhub

अवरुद्ध पृथ्वी राजमार्ग दुईतर्फी खुल्यो


२८ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

मलेखु – धादिङको गजुरी गाउँपालिका–१ मा पहिराले अवरुद्ध भएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ । वर्षाका कारण सडकमाथिबाट खसेको लेदो र पहिराले साडे चार बजेदेखि अवरुद्ध भएको राजमार्ग नेपाली सेना र स्थानीयको सहयोगमा सडक विभागले पहिरो पन्छाएर सवारी सञ्चालनमा ल्याएको हो ।

गजुरी गाउँपालिकाको कार्यालयभन्दा केही पर पहिरो खसेको थियो । पहिराले सडकमाथिबाट ढुङ्गामाटो र रुख सडकमा थुप्रिएका थिए । त्यो सबै हटाएर सवारी सञ्चालनमा ल्याइएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक मदनबहादुर कुँवरले जानकारी दिए ।

राजमार्ग क्षेत्रमा बिहानैदेखि अविरल रुपमा पानी परिरहेको छ । पृथ्वी राजमार्गको मुग्लिनदेखि नागढुङ्गासम्मका सडक वर्षातको पानीले ठाउँठाउँमा हिलाम्मे भएको छ । खाल्डोखुल्डी परेको स्थानमा पानी जमेका कारण सवारीलाई त्यस्ता दुरी पार गर्न निकै कठिनाइ पर्ने गरेको छ । सडक स्तरोन्नतिको क्रममा साँघुरा सडक चौडा गरिँदै गरेको र घुम्ती काटिँदै गरेको स्थानहरुमा अझ जोखिम बढेको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  १० : ५३ बजे

सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको

कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशन प्रक्रिया सुरु, आज वडा अधिवेशन

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशन

लामिन यामल भन्छन्- मेसी विश्वकै सर्वोत्कृष्ट फुटबलर हुन्

काठमाडौँ – बार्सिलोनाका युवा स्टार स्ट्राइकर लामिन यामलले अर्जेन्टिनी कप्तान

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य : रुट परमिटमा पनि कडाइ

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई