अवरुद्ध पृथ्वी राजमार्ग दुईतर्फी खुल्यो « Khabarhub

अवरुद्ध पृथ्वी राजमार्ग दुईतर्फी खुल्यो


२८ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

मलेखु – धादिङको गजुरी गाउँपालिका–१ मा पहिराले अवरुद्ध भएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ । वर्षाका कारण सडकमाथिबाट खसेको लेदो र पहिराले साडे चार बजेदेखि अवरुद्ध भएको राजमार्ग नेपाली सेना र स्थानीयको सहयोगमा सडक विभागले पहिरो पन्छाएर सवारी सञ्चालनमा ल्याएको हो ।

गजुरी गाउँपालिकाको कार्यालयभन्दा केही पर पहिरो खसेको थियो । पहिराले सडकमाथिबाट ढुङ्गामाटो र रुख सडकमा थुप्रिएका थिए । त्यो सबै हटाएर सवारी सञ्चालनमा ल्याइएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक मदनबहादुर कुँवरले जानकारी दिए ।

राजमार्ग क्षेत्रमा बिहानैदेखि अविरल रुपमा पानी परिरहेको छ । पृथ्वी राजमार्गको मुग्लिनदेखि नागढुङ्गासम्मका सडक वर्षातको पानीले ठाउँठाउँमा हिलाम्मे भएको छ । खाल्डोखुल्डी परेको स्थानमा पानी जमेका कारण सवारीलाई त्यस्ता दुरी पार गर्न निकै कठिनाइ पर्ने गरेको छ । सडक स्तरोन्नतिको क्रममा साँघुरा सडक चौडा गरिँदै गरेको र घुम्ती काटिँदै गरेको स्थानहरुमा अझ जोखिम बढेको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  १० : ५३ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र