सुन प्रकरणमा सरकारी निकायबाट हुने छानबिनबाट समस्या समाधान हुँदैन: शंकर पोखरेल « Khabarhub

सुन प्रकरणमा सरकारी निकायबाट हुने छानबिनबाट समस्या समाधान हुँदैन: शंकर पोखरेल


२८ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले सरकारकै कारण संसद अवरुद्ध भइरहेको बताएका छन् ।आइतबार साँझ सामाजिक सञ्जालमार्फत महासचिव पोखरेलले सुन प्रकरणको छानबिनका लागि समिति गठन गर्नुपर्ने आफूहरुको माग सरकारले उपेक्षा गरेकै कारण संसद अवरोध गर्न बाध्य भएको बताएका हुन् ।

उनले राज्यको माथिल्लो निकायको संलग्नता विना सुन तस्करी हुन नसक्ने भन्दै उच्चस्तरीय समिति गठन नगरी स्वच्छ छानबिन हुन नसक्ने उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘ उच्चस्तरिय छानविन समिति गठनगर्ने मागलाई उपेक्षा गर्नु नै संसद अवरोधको कारण हो । राज्यको मथिल्लो निकायको संलग्नता विना यति ठुलो परिमाणमा सुनतस्करी हुनसक्तैन भन्ने कुरा जो कोहीले पनि वुझ्न सक्ने कुरा हो । राजश्व प्रशासन र सुरक्षा निकायको स्पष्ट कमजोरी देखिनेकुराको छानविन उनीहरुवाट नै गराउछौ भन्नु राजनीतिक संलग्नताको आशंकालाई बल पुर्याउने कुरा हो ।’

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  ११ : ३० बजे

चालु आवको दुई महिना : सरकारको आम्दानी भन्दा खर्च नौ अर्बले बढी

काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले

प्रहरीले बरामद गरेको एक हजार ३१५ किलोग्राम गाँजा नष्ट

खोटाङ– जिल्ला प्रहरी कार्यालय खोटाङले महिनादिनअघि बरामद गरेको एक हजार

सहकारीको ऋणको अधिकतम ब्याजदर १३ प्रतिशत कायम

काठमाडौं– सहकारी संस्थाले सदस्यलाई प्रवाह गर्ने ऋणको अधिकतम ब्याजदर १३

भद्रपुर भन्सारको राजस्व असुलीमा सुधार

भद्रपुर– भद्रपुर भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को सुरुआती

करदाता प्रोत्साहन उपहारका ३३ विजेता आज छनोट हुँदै, बम्पर विजेताले १० लाख पाउने

काठमाडौँ – आन्तरिक राजस्व विभागले सञ्चालन गर्दै आएको ‘करदाता प्रोत्साहन