सुन प्रकरणमा सरकारी निकायबाट हुने छानबिनबाट समस्या समाधान हुँदैन: शंकर पोखरेल « Khabarhub

सुन प्रकरणमा सरकारी निकायबाट हुने छानबिनबाट समस्या समाधान हुँदैन: शंकर पोखरेल


२८ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले सरकारकै कारण संसद अवरुद्ध भइरहेको बताएका छन् ।आइतबार साँझ सामाजिक सञ्जालमार्फत महासचिव पोखरेलले सुन प्रकरणको छानबिनका लागि समिति गठन गर्नुपर्ने आफूहरुको माग सरकारले उपेक्षा गरेकै कारण संसद अवरोध गर्न बाध्य भएको बताएका हुन् ।

उनले राज्यको माथिल्लो निकायको संलग्नता विना सुन तस्करी हुन नसक्ने भन्दै उच्चस्तरीय समिति गठन नगरी स्वच्छ छानबिन हुन नसक्ने उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘ उच्चस्तरिय छानविन समिति गठनगर्ने मागलाई उपेक्षा गर्नु नै संसद अवरोधको कारण हो । राज्यको मथिल्लो निकायको संलग्नता विना यति ठुलो परिमाणमा सुनतस्करी हुनसक्तैन भन्ने कुरा जो कोहीले पनि वुझ्न सक्ने कुरा हो । राजश्व प्रशासन र सुरक्षा निकायको स्पष्ट कमजोरी देखिनेकुराको छानविन उनीहरुवाट नै गराउछौ भन्नु राजनीतिक संलग्नताको आशंकालाई बल पुर्याउने कुरा हो ।’

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  ११ : ३० बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली