भोजपुरमा कालाजारका बिरामी फेला | Khabarhub Khabarhub

भोजपुरमा कालाजारका बिरामी फेला


२७ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

भोजपुर– पूर्वी पहाडी जिल्ला भोजपुरमा कालाजारका बिरामी फेला परेका छन् । यहाँको पौवादुङमा गाउँपालिका-५ सानो दुम्माका दुईजनामा कालाजारको सङ्क्रमण फेला परेको स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ ।

सात वर्षीय बालक बिरामी भएपछि उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गराउँदा कालाजार देखिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी सुरेन्द्र बुढाथोकीले जानकारी दिएका छन् ।

बच्चामा कालाजार देखिएपछि बाह्र जनाको स्वास्थ्य परीक्षण गर्दा थप एक जना ६६ वर्षीय वृद्धमा कालाजार देखिएको पौवादुङमा-५ सानोदुम्माका वडाध्यक्ष बोमप्रसाद राईले जानकारी दिएका छन् । वडामा कालाजार देखिएपछि रोकथामसँगै थप फैलन नदिन सजकता अपनाइएको उनले बताए।

‘हाम्रो वडामा दुई जनामा कालाजार देखिएको छ । यसलाई थप फैलन नदिन वडा तथा गाउँपालिकाको पहलमा सक्रियता र सचेतनाका कार्यक्रम अगाडि बढाएका छौँ’, वडाध्यक्ष राईले भने, ‘कसैमा ज्वरोकोे लक्षण देखिएमा तत्काल मानेडाँडा आधारभूत अस्पतालमा आएर जाँच गराउन सूचना जारी गरेका छौँ ।’

कालाजार थप रोकथामका लागि प्रभावकारी पहल गर्न सरकारसँग अनुरोध गरिएको उनले बताए। मानेडाँडा अस्पतालसँगै वडाका विभिन्न ठाउँमा परीक्षण भइरहेको वडाध्यक्ष राईले जानकारी दिए । कालाजार देखिएका वृद्धको आर्थिक अवस्था कमजोर रहेकाले गाउँपालिकाबाट सहयोग जुटाएर बाहिरका अस्पताल पठाउने तयारी भइरहेको उनको भनाइ थियो ।

गाउँपालिकामा कालाजारको बिरामी देखिएकाले यसको रोकथामका लागि पालिकाले सचेतनामूलक कार्यक्रम गर्नुका साथै सजकता अपनाएको पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले बताए।

‘पालिकामा कालाजारका बिरामी देखिएसँगै हामीले थप सजकता अपनाएका छौँ । बिरामी देखिएका क्षेत्रमा किटनाशक विषादी छर्ने तयारी भइरहेको छ’, उनले भने, ‘योसँगै परीक्षणको दायरा बढाएका छौँ । लक्षण देखिएका बिरामीलाई उपचारको लागि गाउँपालिकाबाट आवश्यक सहयोग गर्नेछौँ ।’

पालिकाभित्र कालाजार देखिएपछि डब्लुएचओको सहयोगमा परीक्षण भइरहेको प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए । कालाजार देखिएका बिरामीलाई पालिकाले निःशुल्क उपचारको व्यवस्था गर्ने उनको भनाइ थियो ।

तराईका जिल्लामा बढी मात्रामा कालाजारका बिरामी देखिए पनि यहाँको तल्लो भेगमा गर्मी बढी हुने भएकाले बिरामी फेला परेका गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गेहेन्द्र उपाध्यायले बताएका छन् । रोकथाम तथा नियन्त्रणका लागि शाखाले पालिका तथा सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक काम गरिरहेको उनले बताए ।

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार  १२ : २९ बजे

तीन दिनदेखि बेपत्ता पुरुषको शव फेला

तनहुँ – गत शनिबारदेखि बेपत्ता यहाँको बन्दीपुर गाउँपालिका–३ का ५६

बोलेरो जिप दुर्घटनामा दुईको मृत्यु, एक घाइते

पाल्पा – यहाँको पूर्वखोला गाउँपालिका–५ मा बोलेरो जिप गाडी दुर्घटना

किसानलाई कृषि कर्जाको ब्याजमा अनुदान दिइने

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षमा कृषि क्षेत्रको

स्कुल भ्यानले ठक्कर दिँदा छात्राको मृत्यु

काठमाडौं – काठमाडौं महानगरपालिका–१४ कलङ्कीस्थित इडिफाई इन्टरनेशनल स्कुलको कमाउण्डभित्र सोही

सन्दीपले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं – स्कटल्यान्डमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत आज नेदरल्यान्डविरुद्धको