चीनका रक्षामन्त्री साङफू सम्पर्कविहीन « Khabarhub

चीनका रक्षामन्त्री साङफू सम्पर्कविहीन


२७ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनका रक्षामन्त्री ली साङ्फू दुई सातादेखि सम्पर्कविहीन भएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले साङ्फु दुई सातादेखि कुनै पनि सार्वजनिक कार्यक्रममा नदेखिएको बताएका छन् ।

जापानका लागि अमेरिकी राजदूत रहम इमानुएलले पनि चीनका रक्षामन्त्री पछिल्लो दुई सातादेखि सार्वजनिक स्थलमा नदेखिएको भन्दै सामाजिक सञ्जाल ट्वीटरमा जनाएका छन् ।

रिपोर्टहरूका अनुसार चिनियाँ रक्षामन्त्री ली अगस्त २९ देखि देखिएका छैनन् । यतिबेला उनीमाथि सन् २०१७ को भ्रष्टाचारसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ ।

रक्षामन्त्री साङ्फुले पछिल्लो पटक चीन–अफ्रिका शान्ति र सुरक्षा फोरमलाई सम्बोधन गरेका थिए ।

त्यसअघि उनी एसियाको प्रमुख रक्षा शिखर सम्मेलन सांग्रिला फोरममा सहभागी हुन रुस पुगेका थिए । सो क्रममा लीले ताइवानको विषयमा बोल्दै अमेरिकाले आगोसँग खेलिरहेको भन्दै चेतावनी दिएका थिए ।

यता, चिनियाँ राष्ट्रपति सी चिनफिङले भने देशको सेनामा एकता र स्थिरता कायम राख्न निर्देशन दिएका छन् । त्यस्तै, युद्धका लागि पनि सेनालाई तयारी अवस्थामा बस्न सीको निर्देशन छ।

यसअघि तत्कालीन चिनियाँ विदेशमन्त्री छिन काङ गायब भएका थिए ।

 

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार  १२ : ४९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै