राष्ट्रिय योजना आयोगका उपाध्यक्ष श्रेष्ठ र अष्ट्रेलियन राजदूतबीच भेटवार्ता « Khabarhub

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष श्रेष्ठ र अष्ट्रेलियन राजदूतबीच भेटवार्ता


२७ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्कबीच शिष्टाचार भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको कार्यालयमा बुधबार आयोग उपाध्यक्ष श्रेष्ठसँग राजदूत भोल्कले शिष्टाचार भेटवार्ता गरेकी हुन् । भेटमा दुई देशबीच सम्बन्ध तथा आपसी हितका विषयमा छलफल भयो ।

राजदूत भोल्कले जलवायु परिवर्तन, लैंगिक समानता, पछाडी परेका वर्गहरुको उत्थान साथै नेपालको पर्यटन क्षेत्रको विकास का लागि अष्ट्रेलियाले काम गरिरहेको र आगामी दिनमा पनि निरन्तर हुने बताइन् ।

नेपाली विद्यार्थीहरुका लागि अष्ट्रेलिया एक शैक्षिक गन्तव्य हो । नेपाली विद्यार्थीहरुको शिक्षा र सुरक्षाका लागि पनि अष्ट्रेलियाले काम गरिरहेको उनले बताइन् ।

उपाध्यक्ष श्रेष्ठले अष्ट्रेलियाले नेपालका लागि सामाजिक र आर्थिक विकासमा गर्दै आएको सहयोग र सहकार्यका लागि धन्यबाद दिदै आगामी दिनमा पनि निरन्तर सहकार्य हुने बताए ।

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार  १ : ०३ बजे

लघुवित्तका उपलब्धि, समस्या र चुनौतीबारे छलफल हुने

काठमाडौं– लघुवित्त कार्यक्रमको उपलब्धि, समस्या र चुनौतीबारे छलफल गर्दै भावी

नयाँ सांसदहरूको शपथ चैत १२ गते दिउँसो सिंहदरबार परिसरमा

काठमाडौं- संसद् सचिवालयले नवनिर्वाचित प्रतिनिधि सभाका सांसदहरूलाई आगामी चैत १२

राजेश हमालको फिल्ममा लगानी गर्ने भन्दै भ्रष्टाचार, पालिका अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा

काठमाडौं- महानायक राजेश हमालको निर्देशनमा फिल्म बनाउन लागेको भन्दै भ्रष्टाचार

न्यायाधीश सपनामाथि कसले लगायो झोलेको ट्याग ? यस्तो छ यथार्थ

काठमाडौं– गत साता अन्तर्राष्ट्रिय महिला दिवस र महिला न्यायाधीश दिवसको

राष्ट्रपति समक्ष आयोगद्वारा निर्वाचन प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल समक्ष निर्वाचन आयोग नेपालले गत फागुन २१