माडीमा कच्ची घरको अभिलेखीकरण सुरु « Khabarhub

माडीमा कच्ची घरको अभिलेखीकरण सुरु


२७ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

चितवन– माडी नगरपालिकाले नगर क्षेत्रभित्र रहेका कच्ची घरहरुको अभिलेखीकरण सुरु गरेको छ । सबै वडामा परिपत्र गर्दै कच्ची घरको अभिलेखीकरण सुरु गरेको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलका अनुसार खरका छाना भएका, टिनका छानो भएको र पिल्लर नउठाइएका घरहरुको अभिलेखीकरण सुरु गरिएको हो । यसका लागि घरधनीले आफ्नो घरको फोटो, निवेदन, जग्गाधनी प्रमाण पुर्जा र दुई प्रतिफोटो बुझाउनुपर्ने उनले जानकारी दिएका छन् ।

ऐलनी जमिनमा बनेका घरहरुको हकमा भने जग्गाधनी प्रमाण पुर्जाबाहेक अन्य कागजात पेस गर्नुपर्ने पौडेलले बताएका छन् । उनका अनुसार विकास निर्माणदेखि सबै कुरामा सहजताका लागि अभिलेखीकरण सुरु गरिएको हो ।

उनले भने, ‘साउनको अन्तिम साता र भदौको पहिलो सातामा गाउँगाउँमा कर सचेतना अभियान गरेका थियौँ, त्यही क्रममा अभिलेखीकरण गर्नुपर्छ भन्ने सन्देश गाउँमा पुर्‍याइएको थियो । सो कार्यान्वयनका लागि अभियान सुरु गरिएको हो ।’

नगरपालिकाको राजस्व संकलन कार्यलाई प्रभावकारी र सहज बनाउने उद्देश्यले सम्बन्धित वडा कार्यालयबाटै कच्ची घर अभिलेखीकरणको कार्यक्रम अगाडि बढाइएको पौडेलले बताए । खर तथा खपेटा छाना एवं बाँसको बार भएका घरका लागि रु पाँच सय तथा टिनको छाना एवं पिल्लर नउठाइएको घरका लागि रु एक हजार राजस्व लिई कच्ची घर अभिलेखीकरण गरिने उनले जानकारी दिए।

पिल्लर उठाइएका घरको नक्सा पास गर्नुपर्ने छ । अभिलेखीकरण गरिएका घरहरुमा कुनै विपत् परेमा समेत राहतका लागि र नगरपालिकाबाट पाउने अन्य सेवासुविधाका लागिसमेत सहज हुनेछ । माडीमा ५० प्रतिशतभन्दा बढी कच्ची घर रहेका छन् । ती घर सबैको अभिलेखीकरण गरिने छ ।

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार  १ : २० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै