पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा एचपीभी खोप सुरु | Khabarhub Khabarhub

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा एचपीभी खोप सुरु


२७ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

कास्की– पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा आजदेखि किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप दिन सुरु गरिएको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत पाठेघरको मुखको क्यान्सर रोकथामका लागि गण्डकी प्रदेशमा १४ वर्ष लागेर १५ वर्ष उमेर पूरा नभएका किशोरीलाई ‘एचपीभी’ खोप दिइएको हो । 

विसं २०६५ भदौ ३० देखि २०६६ भदौ २० गतेसम्म जन्मेका किशोरीलाई खोप दिइएको अस्पतालले जनाएको छ । किशोरीलाई पाठेघरको क्यान्सर लाग्न नदिनका लागि सरकारले सात प्रदेशका सात अस्पतालमा खोप कार्यक्रम सञ्चालन गरेको हो । 

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज  र भोलि दुई दिन खोप कार्यक्रम सञ्चालन हुने अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ एवं एफएआई कमिटीका अध्यक्ष डा रामचन्द्र बास्तोलाले जानकारी दिएका छन् । उनका अनुसार राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत सुरु गरिएको कार्यक्रममा गण्डकी प्रदेशका नौ सय किशोरीलाई खोप लगाइने छ । 

‘अन्य खोप जस्तै यस ‘एचपीभी’ खोप पनि सामान्य र सुरक्षित छ । किशोरीलाई पाठेघरको मुखको  क्यान्सरबाट बचाउनका लागि खोप अत्यन्त प्रभावकारी छ’, डा बास्तोलाले भने, ‘विदेशमा यो खोप पहिलदेखि नै वितरण गरिए पनि नेपालमा अहिलेदेखि सुरुआत गरिएको हो । अबदेखि नियमित सञ्चालन हुन्छ ।’

खोपको अपर्याप्तताका कारण अहिले थोरै मात्रामा मात्र लगाइने अस्पतालले जनाएको छ । सरकारले गण्डकी प्रदेशमा नौ सय ३० मात्रा खोप पठाएको छ । खोप लगाउने क्रममा केही बिग्रन सक्ने भएकाले थोरै मात्रा जगेडामा राखिएको अस्पतालले जनाएको छ ।

बाल रोग विशेषज्ञ डा बास्तोलाले अस्पतालमा खोप कार्यक्रमका क्रममा कुनै समस्या आएमा त्यसको व्यवस्थापनका लागिसमेत तयारी गरिएको जानकारी दिए। उनका अनुसार खोपका बारेमा जानकारी दिनका लागि एकजना परामर्शदाताको व्यवस्था गरिएको छ ।

खोप लगाएपछि ३० मिनेटसम्म शान्त ठाउँमा राख्ने गरिएको डा बास्तोलाले बताएका छन् । ‘खोपपछिको समस्या आएमा व्यवस्थापनका लागि तयारीमा छौँ । खोप सुरक्षित छ, क्यान्सरजस्तो खतरनाक रोगबाट जोगिनका लागि खोप लगाउन सबैले किशोरीलाई हौसला दिनुपर्छ’, उनले भने। डा बास्तोलाका अनुसार अस्पतालमा तोकिएको उमेर समूहका किशोरीलाई जन्मदर्ता प्रमाणपत्रका आधारमा खोप दिइएको छ । 

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार  ३ : ३२ बजे

पर्यटकको बसाइ लम्ब्याउन चक्रीय पदमार्ग

पोखरा- कास्कीको पर्यटकीय गाउँका रुपमा चिनिएको घान्द्रुक पुग्ने पर्यटकको बसाइ

जुवातास खेलिरहेको अवस्थामा कैलालीमा ५ जना पक्राउ

कैलाली- कैलालीमा जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन्

शिक्षा सम्बन्धी विधेयकका त्रुटि संसदबाट सच्चाउँछौँ : गगन थापा

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले विद्यालय शिक्षा सम्बन्धी

फिफिया एपमार्फत अनलाइन ठगी गर्ने एक महिला पक्राउ

काठमाडौँ–  ‘फिफिया’ नामको एपमार्फत अनलाइन बेटिङ गराएर ११ लाख २७

शिक्षकहरूका माग कानुनी र संवैधानिक छन् : शेखर कोइराला

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आन्दोलित शिक्षकहरूका माग